Translate

Thursday

झिल्के कुकुरको कथा


चीन चोङकिङ शहरमा बस्ने जियाङ सिक्वानले आफ्नो कुकुरलाई यस्तो तालिम दिए कि उक्त कुकुर हात-गोडा दुवै टेकेर हिँड्न भन्दा पनि गोडाले मात्र टेकेर हिँड्न रुचाउन थालेको छ । यस कुकुरको दर्ुइ खुट्टे हिँर्डाईका कारण चीनको चोङकिङ शहरमा यो एउटा सेलिब्रिटी कुकुरका रुपमा प्रख्यात हुन थालको छ ।

चौ-चौ नामक यो कुकुर अहिले मात्र दर्ुइ वर्षो छ । जब हरेक दिन बिहान चौ-चौका मालिक जियाङ सिकान र चौ-चौ मोर्निङ वाकमा निस्कन्छन्, त्यतिबेला चउर र सडक वरपर उनीहरुको दैनिकी हर्ेन मान्छेहरु झुम्मिन्छन् ।

जियाङले आफ्नो कुकुरको यो क्षमता दर्ुइ महिनाअघि मात्र थाहा पाएका थिए । यो क्षमता चाल पाएलगत्तै उनले कुकुरलाई यस्तरी नै हिँड्न प्रोत्साहित गरेका थिए ।

"मैले हात उठाइदिए मात्र उसले मेरो इशारा बुझ्छ र दर्ुइ वटा गोडाले ऊ हिँड्न थाल्छ । र, कताकता मलाई के लाग्छ भने यसो गर्न उसलाई पनि मजा लागिरहेको होला", हाँस्तै उनले थपे ।

अहिले रमाइलो के छ भने, उसको यो क्षमताको कदर गर्दै जियाङले आफ्नो प्यारो कुकुरलाई पोशाक किनिदिएका छन् । उसलाई नै भनेर बनाइएको पोशाक र विशेष किसिमको टोपी लगाउँदा त चौ-चौ ज्यादै झिल्के देखिन्छ ।


 


 

0 comments:

Post a Comment