Translate

Saturday

जेल तोडेको अभियोगमा जेल चलान





अमेरिकाको फ्लोरिडास्थित एक जेलमा रहेका एक कैदीले जेल तोड्ने प्रयास गरेको अभियोगमा उनलाई १५ वर्षो जेल सजाय तोकिएको छ ।

२५ वषर्ीय सिल्भेस्टर जिल्स नामक ती कैदीले आफू बस्दै आएको ब्रेभार्ड काउन्टी जेलको १२ फुट ठूलो तारबारसहितको भित्तो नाघ्ने प्रयत्न गरेको अभियोगमा उनलाई पुनः जेल सजाय तोकिएको हो ।

उनीमाथि मान्छे मारेको अभियोग लागेको थियो । उक्त अभियोगमा उनले सफाई पाइसकेको भए पनि जेल छुट्नुअघि नै जेलबाट भाग्ने रहर गरेपछि उनलाई १५ वर्षो जेल सजाय दिइएको समाचारमा जनाइएको छ ।

उनी भाग्ने प्रयास गर्दा भित्तोमा रहेको तारबारले उनलाई नराम्रोसँग काटेको थियो । उनलाई तत्काल अस्पताल पुर्‍याइरहेको डेली टेल्रि्राफ पत्रिकाले जनाएको छ ।

उनी आफू जेल जान नै यी सब क्रियाकलाप गरेको ती व्यक्तिले जनाएका छन् । उनको भनाई थियो- "मलाई आरोपीका आफन्तहरुले नै ज्यान मार्नसक्ने सम्भावना भएका कारण म जेलबाट छुट्न चाहन्नँ ।"

यता प्रहरीले चाहिँ उनको भनाईलाई उति महत्व दिएको छैन । प्रहरीकाअनुसार, यदि उनलाई ज्यानको कुनै चिन्ता भएको भए प्रहरीमा रिपोर्ट गर्दा उनलाई राम्रो हुने थियो । तर त्यसको साटो उनले अवैधानिक कार्य गरेका हुनाले उनी सजायको भागीदार हुने प्रहरीको भनाई रहेको छ ।

 

0 comments:

Post a Comment