यौन चलचित्रहरुलाई भिडियो फरम्याटमा बजारमा ल्याउन यसले हिच्किचाएन । न त ब्लु रे डिस्कमा निकाल्नका लागि यसले कुनै आनाकानी नै गर्यो । अहिले यौन प्रधान फिल्म थ्रीडीमा बन्न थालिसकेका छन् । प्रविधिसँगै आफ्नो आम्दानीको श्रोत खोज्ने यौन उद्योगले पछिल्लो समय आइफोन ४ बजारमा आएलगत्तै यसमा पनि कसरी व्यापार बढाउन सकिन्छ भनेर लागिपरेको छ ।
नीलो चलचित्रका केही नायिकाहरुले त आइफोन ४ का माध्यमबाट आम्दानीसमेत गर्न भ्याइसकेको केहीको दाबी छ । जस्तो कि यो मोबाइलमा रहेको फेसटाइम भिडियो कन्फरेन्स सुविधा भएका कारण भिडियो सेक्स च्याट र्सर्भिस चलाउन थालिसकेका छन् । इन्टरनेटको वर्गीकृत विज्ञापन वेबसाइट क्रेगलिस्टमा अहिले केही विज्ञापन प्रकाशित भएका छन्, जसमा भिडियो सेक्स च्याट कामका लागि महिला कामदारहरुको माग गरिएको छ ।
३० लाख आइफोनका ग्राहकहरु राम्रै आम्दानी दिलाउने यौनपारखी हुनसक्छन् । यो सम्भावनालाई यौन व्यवसायीहरुले अहिले नै कार्यान्वयन गर्न भ्याइसकेका छन् ।
विज्ञापनमा काम गर्न इच्छुक मोडलहरुलाई शुरुमै आइफोन ४ उपहार दिने प्रस्ताव राखिएको छ । एउटा टीभी विज्ञापनले त चर्चा नै पाइसकेको छ, जसमा टाढाको देशमा लडाइँमा भाग लिएको सेनाले श्रीमतीसँग भिडियो सेक्स च्याट गरिरहेको छ ।
तर फेसटाइम भिडियो कन्फरेन्स कत्तिको सुरक्षित हुन्छ र यो सूचना अरुले हर्ेन सक्ने सम्भावना कत्तिको हुनसक्छ भन्ने विश्वासिलो आधारहरु अझै बनिसकेको छैन ।








0 comments:
Post a Comment