Translate

Saturday

अरुका कुरामा चियाउनेहरु दुःखी



मान्छेले आफ्नो खुशीको मापन कमाइको आधारमा गर्ने भएकाले सधैँ दुःखी हुने गरेको एउटा अध्ययनले देखाएको छ । आफूले कमाइरहेको पैसा वा सम्पत्ति आफ्ना साथीभाइहरुमध्ये कतिभन्दा बढी र कतिभन्दा कम भन्ने तुलना गर्ने मानव स्वाभावका कारण मान्छेको सबैभन्दा बेखुस हुने अध्ययनले देखाएको हो ।

यूरोपभर गरिएको र्सर्भेक्षणमा तीन चौथाईभन्दा बढी सहभागीहरु अरुको कमाइमा आँखा गाढेका कारण आफूहरु दुःखी भएको बताएका थिए । उनीहरुलाई आफ्नो आम्दानी जतिसुकै भए पनि अरुको आम्दानी महत्वपर्ूण्ा हुने गरेको बताएका छन् ।

आफ्नो कार्यालयमा काम गर्ने साथीभाइको आर्थिक अवस्था भन्दा पनि परिवारका सदस्यहरुको आम्दानीको अवस्थामा अधिकांश व्यक्तिहरुको ध्यान जाने गरेको छ । र, परिवारका अधिकांश सदस्यहरुको भिन्दै पेशा हुने भएकाले उनीहरुको आम्दानी पनि फरक हुनु स्वाभाविक हो । तर, त्यो आम्दानीलाई अधिकांशले आफ्नो आम्दानीसँग तुलना गर्ने गर्दछन् ।

हालै इकनोमिक जर्नरमा प्रकाशित यस तथ्यमा गरीबहरु यस मामिलामा सबैभन्दा बढी प्रभावित रहेको बताइएको छ ।

पेरिस स्कूल अफ इकनोमिक्सले २४ देशका १९ हजार यूरोपबासीहरुबीच अनुसन्धान गरेको थियो ।

यस्तो तुलनाले उनीहरुमा तनाव निम्त्याउने गरेको पनि अध्ययनले देखाएको छ । यस्तो तुलना गर्नेहरुमा महिला र पुरुषमध्ये दुवै उत्तिकै रहेको अध्ययनले देखाएको छ ।

यस्तो पीडा चाहिँ आफैँसँग काम गर्ने व्यक्तिहरुको आम्दानीको तुलनामा आफ्ना नजिकको साथीहरुको कमाइ बढी भएको खण्डमा सँगैका साथीहरुको पीडा दोब्बर हुने गरेको पनि बताइएको छ ।

0 comments:

Post a Comment