Translate

Friday

सौर्य विमानले बनायो किर्तिमान

सौर्य ऊर्जाबाट उड्ने चालकरहित एउटा विमानले लगातार दुई हप्ता उडान गरेर नयाँ विश्व किर्तिमान बनाएको छ ।

जिफायर नामक उक्त विमानले अमेरिकाको एरिजोनास्थित सैन्य अड्डाबाट ९ जुलाईका दिन परीक्षणका लागि उडाइएको थियो ।



दुई सातासम्म आकाशमा उडेपछि विमान निर्माण गर्ने बेलायती कम्पनी काइनेटिकले आफ्नो उद्देश्य पूरा भएको भन्दै शुक्रबारलाई विमान जमिनमा उतारेको थियो ।

यो योजनाका प्रोजेक्ट म्यानेजर जोन साल्टमार्सले बीबीसीलाई भने- "हामी सफलताको यो कथाबाट निकै खुशी छौँ । कैयौँ वर्षो मिहिनेतले सफलता पाएकोमा हामी गद्गद् छौँ ।"

जिफायर नामक यो विमानले ६० हजार फिट उचाईमा मज्जाले र्सर्ूयको किरण भेला पार्न सकेको थियो । जसका कारण यसमा भएको सिलिकन सौर्य प्यानलको लिथियम सल्फर ब्याट्री मज्जाले चार्ज हुन सकेको थियो ।

राति चाहिँ उडानको बेला उचाईमा केही कमी आएको समाचारमा जनाइएको छ । तर ब्याट्रीमा पर्याप्त ऊर्जा रहेका कारण यो उडिरहन सम्भव भएको बताइएको छ ।

चालकरहित विमान एउटा पर्ूण्ा इन्धन भरिसकेपछि गरिएको उडानका लागि जिफायरले ३ सय ३६ घण्टा र २४ मिनेट उडेर विश्व किर्तिमान बनाएको छ ।

तर यसलाई गिनिज बुकले मान्यता दिनका लागि विश्व एयर स्पोर्ट्स् फेडरेशनका प्रतिनिधिहरु यो उडानका बारेमा विश्वस्त हुन जरुरी छ । किनभने उडानका बेला र त्यसपछि पनि पर्याप्त नियम पालन गरिएको छ छैन भनी उसले अध्ययन गरेर मात्र किर्तिमानको उपाधि दिने चलन छ 

0 comments:

Post a Comment