Translate

Tuesday

'ट्विटरसँग विकिलिक्ससम्वद्धहरूको विवरण माग'











विकिलिक्स प्रयोगकर्ताको नाम, ठेगाना, कनेक्सन रेकर्ड्स, फोन नम्बर र भुक्तानीका विवरण माग गरेको अमेरिकीको भर्जिनियास्थित जिल्ला अदालतले जनाएको छ। विवरण मागिएका व्यक्तिमा विकिलिक्सका संस्थापक जुलियान असान्ज र आइल्यान्डको सांसद समेत छन्।
डिसेम्बर १४ मा उक्त अदालतको आदेशअनुसार अमेरिकी महान्याधिवक्ताको कार्यालयले ट्विटरमा रहेको सूचना फौजदारी अपराधको अनुसन्धानमा सहयोग पुग्ने भन्दै उपलब्ध गराउन भनेको थियो।
त्यसपछि सान डियागोमा मुख्यालय रहेको ट्विटर सञ्चालक कम्पनीलाई तीन दिनभित्र त्यसको प्रतिक्रिया जनाउन र वा जारी कानुनी कारबाहीबारे कुनै पनि तथ्य सार्वजनिक नगर्न निर्देशन दिएको थियो। बुधबार अदालतले तीन दिनको सीमा हटाएपछि यो जानकारी सार्वजनिक भएको हो। विवरण मागिएकामा असान्ज, अमेरिकी सैनिक ब्रान्डी म्यानिङ र आइसल्यान्डकी सांसद बिग्रिट्टा जोन्दोट्टिर, डच ह्याकर रोप गोङग्रिज्प र अमेरिका प्रोग्रामर ज्याकोब एप्पेलवाउम छन्। यीमध्ये पछिल्ला दुई जनाले विकिलिक्स छाडिसकेका छन्।
अमेरिकी सरकारले खोजेको सूचनामा चिठी र बिल भुक्तानी गर्ने ठेगाना, कनेक्सनको रेकर्ड र समय, स्विट्जरल्यान्डमा प्रयोग हुने गरेको आइपी ठेगाना, इमेल एकाउन्टका साथै 'भुक्तानीको मध्यम तथा स्रोत' थियो।
असान्जले अदालती आदेशको भर्त्सना गर्दै अनावश्यक दबाब बढाउन खोजेको बताएका छन्। अमेरिकाले दुईलाख ५० हजारभन्दा बढी अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गर्ने अभियानमा रहेका असान्जमाथि कानुनी कारबाही गर्ने उपायको खोजी गरिरहेको छ।
असान्जमाथि अमेरिकाका सैन्य अधिकारी ब्रान्डी म्यानिङसँग मिलेर दस्तावेज चोर्ने षड्यन्त्र गरेको आरोप लगाउन खोजिएको समाचार आएका छन्। म्यानिङमाथि विकिलिक्सलाई कुटनीतिक दस्तावेज उपलब्ध गराएको आरोपमा अहिले सैन्य अदालतमा मुद्दा चलिरहेको छ। आरोप पुष्टि भए उनलाई ५२ वर्षसम्म जेल सजाय हुनसक्छ। उनीमाथि अफगानिस्तान तथा इराकको गोप्य भिडियो उपलब्ध गराएको आरोपसमेत छ।
अमेरिकी सरकारले सोसल नेटवर्किङ साइट ट्विटरसँग विकिलिक्ससम्बद्ध व्यक्तिहरूको व्यक्तिगत विवरण माग गरेको अदालतका दस्तावेजले देखाएको छ।

0 comments:

Post a Comment