Translate

Tuesday

glamour kura

यौनकर्मीको भूमिकामा प्रियंका


पूर्वमिस वल्र्ड प्रियंका चोपडा बलिउडमा भर्सटाइल अभिनेत्रीका रूपमा परिचय बनाउँदै छिन् । त्यही भर्साटाइल छविलाई अघि बढाउने यी बलिउड बाला आफ्नो आगामी  चलचित्रमा यौनकर्मीको चरित्रमा पर्दामा देखिने भएकी छिन् । स्रोतका अनुसार निर्माता निर्देशक करन जौहरको आगामी चलचित्रमा अभिनेत्री प्रियंका चोपडाले 'काली'  नामक चरित्रमा यौनकर्मीको भूमिका निर्वाह गर्न लागेकी हुन् ।

फोटोग्राफरसँग डर

हलिउड नायिका किस्र्टन डन्स्टले आफूलाई फोटोग्राफरसँग डर लाग्ने कुरा बताएकी छिन् । फोटोग्राफरले व्यक्तिगत आचरणका तस्बिरसमेत खिच्न नछाडेपछि किस्र्टन उनीहरूबाट बची-बची हिंड्न थालेकी छिन् । फोटोग्राफरसँग बच्नकै लागि उनी अचेल सार्वजनिक कार्यक्रममा सहभागी हुँदा सामान्य पहिरन लगाउँछिन् । एउटा  पत्रिकालाई अन्तर्वार्ता दिँदै किस्र्टनले भनेकी छिन्— 'म ती तस्बिरहरूमा नराम्री देखिन चाहन्नँ । फोटोग्राफर त्यो समयमा तस्बिर लिन बढी रुचि देखाउँछन् जब हामीले  ठूल्ठूला सनग्लास लगाएका हुन्छौं अनि हातमा हजारौं डलर पर्ने ब्याग हुन्छ ।' किस्र्टन थप्छिन्— 'म म्याडोनाझैं हरेक दिन ट्रयाकसुट लगाएर हिंड्न सक्दिनँ, तर मलाई  थाहा छ, उनी किन त्यसो गर्छिन् ?'

नायिका रोएपछि

नायिका ग्विनेथ पेल्ट्रो एउटा चलचित्रको छायांकनस्थलमै रोएपछि चर्चामा छिन् । चलचित्र 'कन्ट्री स्ट्रङ' को छायांकनका क्रममा पेल्ट्रोले सह-नायक टिम म्याकग्रमाथि हात  उठाएकी थिइन् । जीवनमा पहिलो पटक कसैमाथि हात उठाएकोमा पछुतो लागेर रोएको उनले स्पष्ट पारेकी छिन् । वास्तवमा चलचित्रको दृश्यमा पेल्ट्रोले टिममाथि हात  उठाउनुपर्ने थियो । चलचित्रमा उनीहरूले श्रीमान्-श्रीमतीको भूमिका निर्वाह गरेका छन् । एउटा दृश्यमा श्रीमतीले श्रीमान्लाई कुट्नुपर्ने हुन्छ । उक्त दृश्यमा पेल्ट्रोले धेरै  टेक खाएकी थिइन् । अभिनयका क्रममा टिमलाई धेरै पटक कुट्ने क्रममा नायिकाको आँखाबाट आँसु र्झन थाले । पेल्ट्रो भन्छिन्— 'मैले अहिलेसम्म चलचित्रको पर्दामा  समेत कसैमाथि हात उठाएकी थिइनँ । कसैलाई पीडा दिनु मेरा लागि असम्भव छ ।'

मलाइकाको गुनासो

चलचित्र दबंगको मुन्नी बदनाम... आइटम गीतको चर्चासँगै हट बनेकी अभिनेत्री एवं आइटम गर्ल मलाइका अरोडालाई यो गीतले अनेकौं अफर सिर्जना गरेको छ । उक्त  गीतमा स्टेज पर्फर्मेन्स गर्न उनलाई एकपछि अर्को प्रस्ताव आउने गरेको छ, तर चलचित्रसम्बन्धी पुरस्कार वितरण समारोहमा परर्फम गर्नुको जस्तो स्वाद अरू समारोहमा  हुँदैन । स्रोतका अनुसार हालै सम्पन्न एउटा पुरस्कार वितरण समारोहमा 'मुन्नी बदनाम...' गीतमा डान्स पर्फमेन्स त भयो, तर उक्त गीतमा मलाइका नभै अभिनेत्री सो नाक्षी सिन्हाले कम्मर मर्काइन् । त्यही कुरालाई लिएर 'मुन्नी' अर्थात् मलाइका म्याडमको मुड अफ भएको बताइन्छ ।

डोसा बनाउन माहिर जैकी

चलचित्र निर्माता वासु भगनानी एक महिना लामो मरीसस बसाइका क्रममा एक प्रकारको खाना खाँदा-खाँदा बोर भएका थिए । त्यो देखेर अभिनेता जैकी श्राफले  भारतबाट डोसा बनाउने सामग्री झिकाएर सुटिङ युनिटका सबै जनालाई एक-एकवटा डोसा बनाएर ख्वाए । उक्त डोसाको स्वादका कारण डोसा खान हानाथाप परेको  स्रोतको कथन छ । जग्गु दादाका रूपमा परिचित अभिनेता जैकी ८-९ प्रकारको डोसा बनाउन माहिर भएको स्रोतले उल्लेख गरेको छ ।

डेटिङमा अरुचि

गायिका तथा नायिका सेलिना गोमेज अचेल नायक शिया लाबियफतर्फ आकषिर्त भएकी छिन् । उनी आफूलाई शियाको प्रशंसक पनि मान्छिन् । त्यसो त यसअघि  सलिनाको नाम गायक जस्टिन बिबरसँग जोडिएको थियो । 'जस्टिनसँगको मेरो सम्बन्धका बारेमा धेरै चर्चा भयो, सेलीना भन्छिन्— 'वास्तवमा हामीबीच त्यस्तो केही पनि  थिएन ।' सलिनाले अहिले पनि आफ्नो जीवनमा कुनै पनि पुरुष प्रेमीका रूपमा आइनसकेको दाबी गरेकी छिन् । 'मेरो प्रेमी मप्रति इमान्दार हुनुपर्नेछ, सेलिनाको सर्त छ—  'यदि त्यो पुरुष शियाजस्तो भए ज्यादै राम्रो हुनेछ ।' सेलिनाले अहिले आफ्नो उमेर मोजमस्ती गर्ने भएकाले कुनै पनि पुरुषसँग भावनात्मक सम्बन्ध राख्नु उचित नभएको  बताएकी छिन् । त्यसो त उनलाई कुनै पनि पुरुष साथीसँग डेटिङमा जान मन पराउँदिनन् ।

sapthahik

0 comments:

Post a Comment