Translate

Tuesday

प्रमोसनमा ब्यस्त सेलिव्रेटी


मेरो सिनेमा
महंगा हिरो आर्यन सिग्देलको फेसबुक भित्तो हिजोआज 'कोही मेरो'को स्टाटसले भरिएको छ । दुईहप्ताअघिसम्म 'फस्टलभ'ले आर्यनको भित्तो झिलिमिली थियो । अर्का हिरो जीवन लुइँटेलको भित्तो भने 'नाइँ नभन्नु ल'ले पहिल्यैदेखि भरिदैं आएको थियो ।

नायिका ऋचा घिमिरे दम्पत्तिको फेसबुक भित्तो भने सबै 'वीरताको चिनो' स्टाटस र तस्विरले व्याप्त छ । अरुणिमाको फेसबुक भने सबै 'दीपशिखा'ले टम्म छ । अर्की नायिका रेखा थापा आफूले निर्माण गरेको चलचित्र 'कसले चोर्यो मेरो मन'को प्रमोसन र अन्य फिल्मको सुटिङमा खटेकै छिन् ।

फेसबुकको किस्सा छाड्ने हो भनेपछि यतिबेला नेपाली चलचित्रका हिरो-हिरोइन आफूले अभिनय तथा निर्माण गरेको चलचित्रको प्रमोसनमा निकै ब्यस्त भएका छन् । आगामी शुक्रवार रिलिज हुने चलचित्र 'नाइँ नभन्नु ल'का हिरो जीवनको व्यस्तता यति बढिदिएको छ कि प्रमोसनका लागि उनलाई फुस्रदै छैन । 'दिन नै सबै प्रमोसनमा छ' मलाई मनपर्यो सुटिङ पनि गरिरहेका हिरोले भने ।
richain_400
हिरो आर्यन पनि यतिबेला केही फुस्रदिला भएकाले 'कोही मेरो'को प्रमोसनमा ब्यस्त छन् । 'यो टाइमलाई 'कोही मेरो'कोमा प्रयोग गरिरहेको छु' चलचित्र 'लभस्टोरी'को डबिङमा ब्यस्त आर्यनले भने 'यो फिल्मबाट आशा पनि छ ।'

नायिका अरुणिमा लम्साल अपकमिङ फिल्म 'दीपशिखा'को प्रमोसनमा जुटेकी छिन् । आफू उक्त फिल्मको लेखिका पनि भएकाले अरुणिमाको सकि्रयता निकै छ । अर्की नायिका रेजिना उप्रेती, जेनिसा केसी पनि प्रमोसनमा छन् ।

केही निर्माताले प्रमोसनमा लाग्न हिरो-हिरोइनलाई निर्देशन पनि दिएका छन् । अधिकांश सेलिव्रेटीले आफू फुस्रदमा रहेकाले सो समयलाई प्रमोसनमा खर्चिएको बताउँछन् ।
 

0 comments:

Post a Comment