दसवर्षे माओबादी सशष्त्र द्वन्द्वमा आधारित नेपाली लघुचलचित्र 'नओभाएका आँखा'ले अन्तराष्ट्रिय पुरस्कार हात पारेको छ । वर्षेनी अमेरिकामा आयोजना हुने न्यूयोर्क इन्टरनेसनल फिल्म फेस्टिभलमा यो वृत्तचित्रले उत्कृष्ट राजनीतिक डकुमेन्ट्रीको उपाधि जितेको हो । प्रतिस्पर्धाबाट छानिएर यो डकुमेन्ट्री न्यूयोर्क र लसएन्जल्समा आयोजित फेस्टिभलमा स्क्रिनिङ भएको थियो ।
विभिन्न देशका दुइसय फिल्मले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए । आगामी फेब्रुअरीमा न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा सो सम्मान प्रदान गरिने निर्देशक भोला आचार्यले बताए । वृत्तचित्रले २०५२ सालमा कसरी माओबादी सशष्त्र युद्वको सुरुवात भयो र युद्धले जनतालाई कसरी पीडा दियो भन्ने कुराको चित्रण गरेको छ । युद्धको क्रममा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।
फेस्टिभलको स्क्रिनिङपछि निर्देशक भोला आचार्यले अमेरिकाको विभिन्न राज्यमा बसिरहेका नेपालीमाझ देखाइरहेका छन् । यसक्रममा उनले क्यालिफोर्निया, क्लोराडो, टेक्सास र न्यूयोर्कमा देखाइसकेको तथा नेपालीहरु बढी बसोबास गर्ने वाल्टिमोर, भर्जिनिया, डिसी, वोस्टन लगायतका सहरमा देखाउने योजनामा रहेको बताए ।
नेपालमा जारी शान्ति प्रक्रीयालाई सफल बनाउन अन्तराष्ट्रिय सहयोग जुटाउने कुरामा यो सम्मानले सकारात्मक भूमिका खेल्ने विश्वास निर्देशक आचार्यको छ । ग्लोवल मिडिया नेटवर्कले दुइवर्षको समय खर्चिएर तयार गरेको यो वृत्तचित्र एकघण्टा १९ मिनेटको छ ।

mero cinema 

0 comments:
Post a Comment