गत महिना एक ब्रीटीस अभिनेत्रीलाई आफ्नो डिजाइनमा रेडकार्पेटमा हिँडाएर चर्चा बटुलेका नेपाली फेसन डिजाइनर प्रवल गुरुङले शुक्रबार पनि यस्तै गरे ।न्यूयोर्कको बेभर्ली हिल्समा आयोजित वर्ष २०११ को एएफआइ अवार्डस्को रेडकार्पेटमा हलिउड अभिनेत्री जेनिफर लरेन्स प्रवलले तयार पारेको डिजाइनमा देखापरिन् । गुरुङका स्प्रिङ डिजाइनमा लरेन्सले क्याटवाक गरिन् ।
ब्ल्याएक एन्ड ह्वाइट ग्राफिक प्लेटफर्ममा लरेन्स अप्टिक ह्वाइट स्ट्रेच डिजाइनमा थिइन् । यो अवार्ड सिजनका लागि प्रवलले जेनिफरका लागि भनेरै उक्त डिजाइन तयार गरेका थिए । पछिल्लो अवार्डको सिजन जेनिफरका लागि उतारचढावपूर्ण भएपनि फेसन उनका लागि त्यस्तो भएन ।
अमेरिकी चलचित्र र टेलिभिजन एक्ट्रेसका रुपमा चर्चित अभिनेत्रीले दर्जन अवार्ड हात पारिसकेकी छिन् । थुप्रै फेस्टिभलमा आउडस्ट्यान्डिङ पर्फमेन्स अवार्ड पनि उनले जितेकी छिन् । सन् २००८ मा भेनिस फिल्म फेस्टिभलमा उनले बेस्ट इमर्जिङ एक्ट्रेसको अवार्ड कब्जा गरेकी थिइन् ।
mero cinema 










0 comments:
Post a Comment