
तपाई कल्पना गर्न सक्नुहुन्छ, बन्द शौचालभित्र बसेर गोप्य कर्म गरिरहेका बेला तपाईलाई कसैले नियालिरहेको होस् ? यो नेपालको कुरा हैन, बिकशित सिंगापुरको कुरा हो जहाँ तपाईले शौचालयभित्र गर्ने कामबारे चिन्ता गरिएको छ ।
अधिकांश सार्वजनिक ट्वाइलेट तथा रेष्टरुम दुर्गन्धित र फोहोर हुन थालेपछि सिंगापुरको एक नागरिक समूहले सरसफाई जनचेतना अभियान थालेको छ । ‘लू’ (आफूले आफैलाई हेरौं) नाम दिइएको उक्त अभियान सर्वसाधरणलाई सहि ढङ्गले सार्वजनिक ट्वाइलेट प्रयोग गर्न प्रोत्साहन गर्ने हेतुले शुरु गरिएको हो ।
सन् २०१३ भित्र सिङ्गापुरको ३० हजार सार्वजनिक रेष्टरुममध्ये ७० प्रतिसत रेष्टरुम सफा र दुर्गन्धरहित राख्ने लक्ष्य रहेको अभियानमा आवद्व एक अधिकारीले बताए । सन १९९८ मा स्थापित गैरनाफामूलक संस्था रेष्टरुम असोसियसन सिङ्गापुरको सर्वेक्षणले धेरैजसो सार्वजनिक शौचालयमा साबुन, ट्वाइलेट पेपरलगायतका आबश्यक सामाग्री नै हुँदैनन् भने दुर्गन्ध खपिनसक्नु हुन्छ । सार्वजनिक ट्वाइलेटको सरसफाई, मर्मत, तथा वर्तमान अवस्थाबारे उक्त सामाजिक संस्थाले हेर्दै आएको छ ।
रेष्टरुम असोसियसनको सर्वेक्षणले सिङ्गापुरमा केबल ५ सय सार्वजनिक ट्वाइलेट मात्र प्रयोग गर्न लायक छन् । बिभिन्न ट्वाइलेटको रेटिङ् हुनु पर्ने उल्लेख गरिएको सर्वेक्षणको प्रतिवेदनमा चार तारे होटलमा केटाकेटीका लागि युरिनल हुनु पर्ने र पाँच तारे होटलमा पानी दूरुपयोग रोक्ने धाराको ब्यबस्था हुनु पर्ने सुझाइएको छ । ‘हामी सिङ्गापुरका नागरिक विश्वमै सभ्य मानिन्छौ । ट्वाइलेट ब्यबहारले हाम्रो सभ्य सँस्कृति पनि प्रतिबिम्बित गर्दछ । हामी सुन्दर समाज चाहन्छौ, जसले त्यो मूल्य, मान्यतालाई अगालेको होस्’ असोसियसनका अध्यक्ष तान पुय हुनले विर्डएसियान्युजलाई बताए ।
हालको जनचेतना अभियानअन्तर्गत सर्वसाधारणको ट्वाइलेट ब्यबहारमा परिवर्तन ल्याउन एसोसियसनले पोकेट पम्प्लेट समेत बितरण गर्ने जनाएको छ । झण्डै ५० वर्ष पहिले टेक्सासका एक पुरुषले शौचालय प्रयोग गरेपछि फ्लस गर्ने बेलामा आवाज आयो ‘टेक्सास राज्यले तपाइलाई हेरिरहेको छ’ । अहिले यस्तै भएको छ सिङ्गापुरका नागरिकलाई किनकी एसोसियसनले उनिहरुमाथि कडा निगरानी राखिरहेको छ । होस गर्नुस है कतै तपाई पनि सिङ्गापुरमा जथाभाबी ट्वाइलेट गर्दै हुनुहुन्छ भने !
online khabar










0 comments:
Post a Comment