कसलाई के को चिन्ता घरज्वाईंलाई खानकै चिन्ता भन्ने उखान नेपालीमा प्रचलित छ । यसको सिधा अर्थ हो भगवनका थरि थरिका यी सन्तानका रुची, चिन्ता र चासो पनि थरीथरिकै छन् । त्यस्तै एक अजिवको रुची देखिएको छ इन्टरनेट प्रयोग गर्ने भारतीयहरुमा । 
२१ औं शताब्दीका भारतीय युवापीढीहरुमा अझै आफ्नो आमाबुबासँग सेक्स वा सेक्स जीवनबारे खुलेर कुरा गर्ने आाट छैन । सायद यसैले होला इन्टरनेट दुनियाँको भगवान भनिने गुगल सर्च इन्जिनमा २०१० मा भारतीयहरुको हट प्रश्न थियो- गर्भवती बन्ने कसरी ? २०१० लाई बाईबाई गर्दै वर्षको अन्त्यमा गुगल इन्डियाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार भारतीयहरुले गत वर्ष इन्टरनेटमा सबैभन्दा बढी सोधेको प्रश्न थियो- हाउ टु गेट प्रेगिनेन्ट अर्थात गर्भवती बन्ने कसरी ?
झण्डै १ अरब २० करोड जनसंख्या रहेको भारतमा उक्त प्रश्न नै इन्टरनेटमा तेर्साइनुको पछाडि धेरै कारणहरु हुनसक्छ । पहिलो कुरा त भारतीयहरु अझै पनि सेक्सको बारेमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । सायद नयाँ पुस्ताले मनको बह पोख्ने ठाउँ भेटाए गुगललाई । भारतीय युवाहरुले जिज्ञासा राखेका अर्को प्रश्न चुम्बन र केटी पट्ट्याउने तरिकाबारे थियो । विपरित लिङ्गिसँग सफल सम्बन्ध कायम गर्न युवापिढीले देखाएको यो चासो र चिन्ता हो ।
इन्टरनेट प्रयोगकर्ता भारतीयहरुको चिन्ताका बिषय अरुपनि छन् । जस्तो अंगे्रजी भाषाको सुधार कसरी गर्ने ?, वजन कसरी घटाउने ?, ध्यानका तरिकाहरु के के हुन ?, पैसा कसरी कमाउने लगायतका बिषयमा पनि उनीहरुले इन्टरेनट गुरु अर्थात गुगललाई प्रश्न सोधेका छन् । इन्टरनेटमार्फत सुचना, प्रविधिको प्रयोग गरी आफूलाई परिस्कृत गर्दै लैजाने भारतीयहरुको यो बानीलाई भने प्रसंसा गर्नैपर्छ ।
online
२१ औं शताब्दीका भारतीय युवापीढीहरुमा अझै आफ्नो आमाबुबासँग सेक्स वा सेक्स जीवनबारे खुलेर कुरा गर्ने आाट छैन । सायद यसैले होला इन्टरनेट दुनियाँको भगवान भनिने गुगल सर्च इन्जिनमा २०१० मा भारतीयहरुको हट प्रश्न थियो- गर्भवती बन्ने कसरी ? २०१० लाई बाईबाई गर्दै वर्षको अन्त्यमा गुगल इन्डियाले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार भारतीयहरुले गत वर्ष इन्टरनेटमा सबैभन्दा बढी सोधेको प्रश्न थियो- हाउ टु गेट प्रेगिनेन्ट अर्थात गर्भवती बन्ने कसरी ?झण्डै १ अरब २० करोड जनसंख्या रहेको भारतमा उक्त प्रश्न नै इन्टरनेटमा तेर्साइनुको पछाडि धेरै कारणहरु हुनसक्छ । पहिलो कुरा त भारतीयहरु अझै पनि सेक्सको बारेमा खुलेर कुरा गर्न हिचकिचाउँछन् । सायद नयाँ पुस्ताले मनको बह पोख्ने ठाउँ भेटाए गुगललाई । भारतीय युवाहरुले जिज्ञासा राखेका अर्को प्रश्न चुम्बन र केटी पट्ट्याउने तरिकाबारे थियो । विपरित लिङ्गिसँग सफल सम्बन्ध कायम गर्न युवापिढीले देखाएको यो चासो र चिन्ता हो ।
इन्टरनेट प्रयोगकर्ता भारतीयहरुको चिन्ताका बिषय अरुपनि छन् । जस्तो अंगे्रजी भाषाको सुधार कसरी गर्ने ?, वजन कसरी घटाउने ?, ध्यानका तरिकाहरु के के हुन ?, पैसा कसरी कमाउने लगायतका बिषयमा पनि उनीहरुले इन्टरेनट गुरु अर्थात गुगललाई प्रश्न सोधेका छन् । इन्टरनेटमार्फत सुचना, प्रविधिको प्रयोग गरी आफूलाई परिस्कृत गर्दै लैजाने भारतीयहरुको यो बानीलाई भने प्रसंसा गर्नैपर्छ ।
online










0 comments:
Post a Comment