कुरा सन् २००९ को अन्त्य तिरको हो । जति बेला नायक राजबल्लभ कोइराला नेपाली चलचित्र स्वरले लगाएको सेटमा अन्य सहकर्मीहरु सँगै रिल लाइफमा झुम्दै थिए । भृकुटीमण्डप भित्र लगाइएकेा सेटमा जनवरी महिनाको जाडोमा केही न्यानो अनुभव गरिरहेका राजबल्लभको मनमा एक्कासी चिसो पस्यो । अब कुरा नघुमाई भनौं स्वरको एउटा गितका लागि लगाईएको सेटमा गितको अन्त्यतिर केहि गुण्डाहरु आएर राजबल्लभलाई मुक्कामुक्की गरे तर रियल लाईफमा हैन रिल लाईफमा । केहि गुण्डाको मुक्काबाट त उनी बचे तर एक गुण्डाको घुँडाले उनको गाला कुच्चियो । त्यतिबेला स्वरका निर्देशक प्रशन्न पौडेल लगायत सम्पुर्ण स्वर युनिट एक टकले हेर्न बाध्य भए किनभने उक्त खलपात्र गुण्डाले हानेको किक राजबल्लभको गालामा सचिकैं लागें थियो ।
उनलाई तत्कालै नजिकैको काठमाडौँ मोडल हस्पिटल लगियो । एक्स-रे गरिसकेपछि थाहा भयो कि उनको दायाँ गालामा हड्डी छ तर बायाँकोमा छैन । केहि सामान्य उपचार पश्चात् उनले बुकी रहेको गीतको छायाँकन गर्न टाउको हल्लाए । ३ लाख भन्दा बढि रकम खर्च गरेर तयार पारिएको सेट बिच उनलाई आईसले गाला सेक्दै अभिनय गराईयो । केहि समय पश्चात् राजको मुख र नाकबाट अनायसै रगत बग्न थाले ।
यसरी ति दिनहरु कटे लगत्तै राजका दिन अल्का र बि।एन।बि। हस्पिटलका बेडमा बित्न थाले । बि।एन।बि। हस्पिटलमा गिजा माथीबाट काटेर गालालाई तानेर म्या_िक्सलो फेसियल सर्जरी बिधिबाट टाइटेनियमको प्रयोग गरी लगभग साढे २ घण्टाको राजको अपरेशन सकियो । हस्पिटलमा केहि दिन र घरमा झण्डै २ महिना आराम गरेपछि मात्र राजले आफुलाई पहिलेको अवस्थामा पाए ।
यसरी 'आफु ताक्छु मुडो बन्चरो ताक्छ घुड़ो भनेझैँ एउटा सफल अभिनेता बन्ने सपना बोकेका राजबल्लभ ति दिनहरुमा निकै आत्तिएका थिए । यो खबर तयार पार्ने क्रममा हामीसँग कुरा गर्दै उनले भने 'सारा जीवन नै चलचित्रमा सुम्पन्छु भनी अध्ययनका साथमा यस क्षेत्रमा छिरेको मलाई मेरो अनुहार नै नरहेको भए हिरोको रुपमा कसले अपनाउथ्यो र
उपचारबाट ठिक भईसके पछि राजबल्लभले खेलेको चलचित्रको नाम हो 'किन लाग्छ माया' ।
हामी सबै खुशी छौ… राजबल्लभ पहिलेकै अवस्थामा फर्किए तरै पनि उनको मनमा एउटै प्रश्न सधैँ खेलिरहन्छ 'यदि यसको उपचार नेपालमै सम्भव नभएको भए र केही गरी मेरो उपचार नभएको भए स्वर नै मेरो अन्तिम चलचित्र हुन्थ्यो कि
mero cinema










0 comments:
Post a Comment