Translate

Saturday

फिल्म मुम्बइको, कथा काठमाण्डूको

review_in_400चलचित्र : धोवीघाट
रेटिङ :
स्टारकास्ट : अमिर खान, मोनिका डोगरा, प्रतीक बब्बर
निर्देशक : किरण राव
निर्माता : आमिर खान, किरण राव
संगीत : गुस्तावो सेटओलाला
श्रेणी : सोसल

कथा : धोवी घाट मुम्बइमा रहने चार विभिन्न व्यक्तिहरुको कथा हो । सिनेमाका सबै पात्रहरु आफ्नो उद्देश्य पुरा गर्न सम्बन्ध जोडिरहेका हुन्छन् । अरुण (आमिर) एक पेन्टर हुन् जो आफ्नो एक्लोपनलाई टाढा भगाउन साई (मोनिका डोगरा)सँग सम्बन्ध गाँस्छन् । साई पेशाले बैंकर र पार्टटाइम फोटोग्राफर हुन् । धोबी मुन्ना (प्रतीक बब्बर) मोनिकासँग यसकारण सम्बन्ध गाँस्छन् किनकी हिरो बन्न मोनिका आफूलाई मद्दत गर्नेछिन् । उही साई (मोनिका) मुन्नाबाहेक अरुण (आमिर)सँग सम्बन्ध गाँस्न चाहन्छिन् । यी सबै पात्रको जिन्दगीमा आफ्नो उद्देश्य पुरा गर्ने क्रममा थुप्रै उतारचढावहरु आउँछन् । धोवी घाटले यही कथालाई बयान गर्छ ।

स्टोरी ट्रीटमेन्ट : आमिर खानको प्रोडक्सनको कुरा गर्दैमा सबै दर्शकले ठूलो आशा लिनेगर्छन् । धोवी घाट आमिरको फिल्म भएकाले पनि धेरैले यस्तो आशा पालेका छन् । उनकी पत्नी किरण रावले निर्देशन गरेकाले पनि फिल्मप्रति धेरैको जिज्ञासा छ । धोवी घाट दर्शकको एक वर्गलाई ध्यानमा राखेर बनाइएको हो । किरणको निर्देशन प्रशंसायोग्य भएपनि फिल्मको स्क्रीनप्ले प्रभावशाली लाग्दैन । फिल्ममा मुम्बइको लोकेसनलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ भने शब्द र संवाद पनि दमदार छन् । फिल्मको गति केही ढिला भएपनि कलाकारको प्रस्तुतिकरण जानदार छ ।

निर्देशन : किरण रावले चार भिन्न मानिसहरुको जिन्दगीमा आएको उतारचढावलाई निकै सुन्दर ढंगले दर्शाउने प्रयत्न गरेकी छिन् । फिल्मको क्लाइमेक्समा आमिर रोएको दृश्यले मन छुन्छ । आमिर किन रुन्छन् भने यास्मिनले आफ्ना पतिको यातनाबाट मुक्त हुन आत्महत्या गरेकी हुन्छिन् । एक सोझो युवक अचानक िहंस्रक बन्छ र आफ्नो भाइको हत्यारालाई मार्न पनि तयार हुन्छ ।

स्टार कास्ट : सबै कलाकारको मनछुने अभिनय नै यो चलचित्रको प्लसप्वाइन्ट हो । आमिर किरणको आशाअनुसार खरो उत्रिएका छन् किनभने किरण प्रायः आमिरको तुलनामा कोही पनि अभिनय गर्न नसक्ने दाबी गर्थिन् । आमिरले एक पेन्टरको भूमिकामा ज्यान होमेका छन् । प्रतीक बब्बर र मोनिका डोगोराले पनि राम्रँे अभिनय गरेका छन् । यास्मिन बनेकी कृति मल्होत्राको अभिनयको जति तारिफ गरेपनि कम हुन्छ ।

म्युजिक/सिनेम्याट्रोग्राफी/डायलग : फिल्मको ब्याकग्राउन्ड म्युजिक मधुरो छ र फिल्मको थिमसँग फिट छ । फिल्मको सिनेम्याट्राग्राफी अब्बल छ र संवादले केही सोच्न बाध्य तुल्याउँछ ।

किन हेर्नुपर्छ : यदि तपाईं गम्भिर फिल्म हेर्न रुचि राख्नुहुन्छ भने धोवी घाट तपाईंका लागि उपयुक्त छ ।

mero cinema

0 comments:

Post a Comment