बोल्ड भूमिकामा रानी

हलिउडकी चर्चित नायिका एनी हेथवेले मौका पाएको खण्डमा शेक्सपियर तथा हेनरिक इब्सनको एउटा नाटकमा अभिनय गर्न इच्छुक भएको बताएकी छिन् । एउटा वेबसाइटसँग कुराकानी गर्दै हेथवेले १६  औं शताब्दीका शेक्सपियरका नाटकमा मुख्य भूमिका निर्वाह गरेर आफ्नो अभिनय क्षमता परिक्षण गर्न चाहेको बताएकी छिन् ।  त्यसो त हेथवे १९ औं शताब्दीका चर्चित निर्देशक हेनरिक इक्बसको ठूलै  प्रसंसक भएको बताउन पछि पर्दिनन् । हेथवेका अनुसार उनलाई शेक्सपियर तथा इब्सनका नाटक निकै मनपर्छन् । यदि कुनै नाट्यकर्मीले उनलाई यी दुई चर्चित व्यक्तित्वका नाटकमा अभिनय गर्ने प्रस्ताव  राखे भने उनले तुरुन्तै स्वीकार्नेछिन् । पुरुषसँग डराउने नायिका
हलिउड नायिका मिशा बार्टनले किशोरावस्थामा पुरुषसँग डर लाग्ने खुलासा गरेकी छिन् । एउटा वेबसाइटले जनाएअनुसार त्यसबेला उनी पुरुषलाई देख्ने बित्तिकै डराउँथिन् । वेबसाइटले वार्टको भनाइ उदृत  गर्दै लेखेको छ- 'मैले कसैसँग पनि शारीरिक सम्बन्ध राखेकी थिइन्, म कुमारी थिएँ । त्यही उमेरमा मलाई पुरुष देख्ने बित्तिकै डर लाग्थ्यो ।’ उनी सम्झन्छिन्- 'मलाई कुनै पनि युवकलाई चुम्बन गर्न हतार  थिएन । मैले ब्वाइफ्रेण्ड बनाउन पनि हतार गर्नु उचित छैन जस्तो लाग्थ्यो । किनभने एकपटक प्रेममा परियो भने पुनः स्वतन्त्र जीवन बाँच्न गाह्रो हुन्छ ।’ अहिले उनी २४ वर्षकी भइन् । उनी ३१ वर्षीय  अलीसँग खुसी छिन् । वार्ट भन्छिन्- 'अली मेरा लागि प्यारो छ र उ इमान्दार पनि छ । उ मेरा लागि जे गर्न पनि तयार छ ।’ आइटम नम्बरमा श्वेता तिवारी
कुनै समय स्टार प्लसबाट प्रसारित हुने लोकप्रिय टेलिश्रृंखला 'कसौटी जिन्दगी' की प्रेरणा अर्थात् अभिनेत्री श्वेता तिवारीको नाम पनि बलिउडको आइटम गर्लको सूचीमा परेको छ । हालै मात्र श्वेताले  चलचित्र 'वन एन्ड वन्ली' मा आइटम डान्स गरेकी हुन् । गाउँले परिवेशमा ढालिएको उक्त आइटम गीतमा श्वेताले अभिनेता चिराग पासवानसित कम्मर मर्काएकी छिन् । प्रायः साडी तथा कुर्तामा देखिने श्वेताको ग्ल्यामर उक्त आइटम डान्समा घाँघरा चोलीमा देख्न पाइनेछ ।हँसाउने प्रयासमा कंगना
वह लम्हे, ग्याङस्टर, लाइफ इन अ मेट्रो, फेसन आदि चलचित्रमा बोल्ड भूमिकामा प्रस्तुत भएकी अभिनेत्री कंगना रनावत अब भने दर्शक हँसाउने भूमिकामा पदार्पण भएकी छिन् । हास्य चलचित्रका लागि  नाम कमाएका निर्देशक अनिस बाज्मीद्वारा निर्देशित चलचित्र 'नो प्रोब्लम' मा कंगना हास्य भूमिकामा प्रस्तुत भएकी हुन् । अनिल कपुर, अक्षय खन्ना, परेश रावल सहित कंगनाले नो प्रोब्लममार्फत कति हँसाइन्, त्योचाहिँ दर्शककै जिम्मा ।विदरस्पूलको बंगला
हलिउडकी लोकप्रिय नायिका रीज विदरस्पुन लस एञ्जलसमा एउटा आलिशान बंगला किनेर चर्चामा आएकी छिन् । विदरस्पुनले ७० लाख डलरमा उक्त सुविधासम्पन्न बंगला किनेकी हुन् । फिमेल फस्ट डट  कम डट यूकले जनाए अनुसार विदरस्पुनको उक्त बंगला ब्रेन्टउडको पोश क्षेत्रमा छ । बंगलमा सात वटा बेड रुम छन् भने एउटा आकर्षक स्वीमिङ पुल पनि छ । विदरस्पुनको यो बंगला छ दशमलव बाह्र वर्ग मिटरमा फैलिएको छ । बंगलाभित्रै एउटा सुन्दर मन्दिर पनि छ । नयाँ बंगला किन्न सफल भएकोमा हलिउडकर्मीले उनलाई बधाई दिइरहेका छन् ।sapthahik









0 comments:
Post a Comment