  
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
सफ्टवेयर निर्माणमा पोख्त प्रोग्रामरहरुको प्रतिभालाई निखार्न अमेरिकी सामाजिक सञ्जाल फेसबुकले प्रतियोगितात्मक हृयाकर्स कप आयोजना गर्ने भएको छ ।   
हृयाकाथन नामाकरण गरिएको चुनौतिपर्ूण्ा प्रतियोगितामा सफल हुने प्रतिस्पर्धीलाई नाम र दामसहित आकर्ष पुरस्कारको व्यवस्था गरिएको छ । आगामी महिना चरणबद्ध रुपमा आयोजना हुने अनलाइन प्रतिस्पर्धाका विजयीलार्य अन्तिम चरणको प्रतिस्पर्धाका निम्ति उत्तरी क्यालिफोर्नियामा पर्ने सिलिकन उपत्यकाको पालोअल्टो नगरस्थित कम्पनीको प्रधान कार्यालयको निःशुल्क भ्रमण गराइनेछ । प्रतियोगितामा विश्वभरका जो कोहीले पनि भाग लिन सक्ने बताइएको छ । 
 
अन्तिम चरणको प्रतिस्पर्धाका निम्ति फेसबुकले २५ जना प्रतियोगीहरुलाई आफ्नै खर्च मा मुख्य कार्यालयमा पुर्याउने बताइएको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने हृयाकरलाई ५ हजार डलर पनि प्रदान गरिनेछ । प्रतियोगितासम्बन्धी विस्तृत विवरण फेसबुकको हृयाकर्स कप पृष्ठमा प्राप्त गर्न सकिने फेसबुकले जनाएको छ । | 
0 comments:
Post a Comment