Translate

Friday

सेलिव्रेटीको न्यूइयर प्लान

new_year_home_400











क्रीसमसदेखि सुरु भएको ह्याङओभर अझै हटेको छैन नेपाली सिनेमा सेलिव्रेटीलाई । किनभने अंग्रेजी नयाँवर्ष २०११ सुरु भैसक्यो र सेलिव्रेटीहरु पार्टी ज्वाइन गर्ने, गेट-टुगेदर हुने र सुटिङ युनिटसँगै रमाइलो गर्ने योजनामा छन् । अधिकांशले न्यइयूर-इभ साथीभाइ र सुटिङ युनिटसँगै सेलिव्रेट गर्ने तर्खरमा छन् । यस्तो योजना बुनेका छन् महानायक राजेश हमालदेखि पछिल्ला नायक कर्मसम्मले ।

महानायक राजेश हमाल न्यूइयर-इभ परिवारिक जमघटका बीच मनाउने योजनामा छन् । 'सुटिङमा ब्यस्त हुने भएकाले घरमै गेट-टुगेदर हुन्छ' हमालले भने 'सामान्य रमाइलो ।' नयाँवर्षको विशेष योजना भने बुनेका छैनन् उनले । एक्सन हिरो रेश मरहठ्ठा न्यूइयर इभ पार्टी ज्वाइन गरेर मनाउने मुडमा छन् । उनलाई चारपाँच ठाउँबाट निम्तो पनि आएको छ । ती पार्टीमा पुगेर रेशले न्यूइयर मनाउनेछन् ।

'कुनै राम्रो काम गर्दा नयाँवर्ष पर्खनुपर्छजस्तो लाग्दैन । नयाँवर्षबाट नयाँ काम गर्छु भन्नु एक्सक्युज गर्नुजस्तै हो' रेशले न्यूइयरबारे धारणा दर्शाए । हिरो राजवल्लभ कोइराला पोखरामा सुटिङ भैरहेको चलचित्र 'प्रीतिको फूल' सुटिङ युनिटसँगै न्यूइयर मनाउने मुडमा छन् । 'लेकसाइडमा पार्टी ज्वाइन गरेर इभ मनाउने योजनामा छौं' राजवल्लभले भने 'न्यइयरको खास योजना चाहिँ छैन ।'

शुक्रबार रिलिज भएको चलचित्र 'एकदिन एकरात'को प्रमोसनमा जुट्नुपर्ने भएकाले हिरो अनुप बरालले चाहिँ न्यूइयर सेलिव्रेट गर्न पाउनेछैनन् । यद्यपी पोखरा घरमा पुगेर अनि त्यहाँका साथी र दर्शकसँग भलाकुसारी गरेर अनुपले न्यूइयर मनाउने योजना बुनेका छन् । अभिनेत्री नम्रता श्रेष्ठले न्यूइयरको दिनमा राष्ट्रिय नाचघरमा हुने एक ब्यूटी पेजेन्टमा निर्णायकको भूमिका निर्वाह गर्नेछिन् र आफ्नो रेष्टुराँ एटिकमा फर्किएर न्यूइयरको जमघट गर्नेछिन् ।

हिरोइन नन्दिता केसी जारी प्रोजेक्ट 'मृगतृष्णा'को सुटिङ युनिटसँगै न्यूइयर इभ मनाउने मुडमा छिन् । नन्दिताको धारणा पनि रेशको जस्तै छ । नयाँ काम नयाँ वर्षबाटै थाल्नुपर्छ भन्नेलाई उनी मुर्ख ठान्छिन् । हिरोइन दिया मास्के पनि साथीभाइसँग जमघटका बीच न्यूइयर मनाउने मुडमा छिन् । हिरो कर्म पनि साथीहरुसँग गेट-टुगेदर गरेर न्यूइयर मनाउने योजनामा छन् । सबैलाई मेरोसिनेमाको तर्फबाट ह्याप्पी न्यूइयर ट्वान्टी-इलेभन ! 

mero cinema

0 comments:

Post a Comment