चीनले बिगत लामो समयदेखिको प्रयासपछि बिहीबार त्यहाँ ठूलो संख्याका अश्लिल वेभसाईट बन्द गराएको समाचार छ । समाचार अनुसार चिनियाँ अधिकारीले आज चीनका कम्तीमा पनि ६० हजार यस्ता अश्लिल वेभसाइट बन्द गराएको जनाएका छन् ।
 यो प्रतिबन्धसँगै चीनले देशभित्र इन्टरनेटको प्रयोगमा पनि निकै कडाई गर्दैजाने नीति अख्तियार गर्न लागेको आशंका पनि गरिएको समाचारमा उल्लेख छ ।
चिनिय प्रेससम्बन्धी मन्त्री वाङ् चेनले भने- हामीले गएको नोभेम्बर महिनाको अन्त्यसम्ममा कम्तीमा पनि १८ लाख वटा वेभसाइटको निरीक्षण गरिसकेको थियौं र तिनीमध्यकेा सबैभन्दा नराम्रो सूचीमा परेका अथवा यस्तो अश्लिल खालको क्रियाकलापलाई बढावा दिने खालका वेभसाईट बन्द गर्ने निर्णय गरेका हौं ।
उनका अनुसार सो निरीक्षणका क्रममा यस्तो अश्लिल क्रियाकलाप गर्ने वेभसाइटहरु कम्तीमा पनि ६० हजार पाइएका थिए ।
समाचारअनुसार चीन विश्वकै सबैभन्दा ठूलो इन्टरनेट व्यवासाय भएको मुलुक हो । त्यहाँ करोडौं जनताले इनटरनेट सेवाको प्रयोग गर्ने गर्दछन् । एएफपी

0 comments:
Post a Comment