Translate

Friday

सेलिव्रेटीको क्रीसमस मुड !

cristmass_home_400

क्रीसमस नेपालको मुख्यपर्व होइन तर नेपाली सिनेमाका कतिपय स्रेलिव्रेटी यतिबेला क्रीसमस र न्यूइयरको फेस्टिभ मुडमा छन् । कतिपयले त सान्टाक्लज बन्ने, क्यारोल खेल्ने, क्याम्पफायर बाल्ने, पार्टी ज्वाइन गर्ने र गेट-टुगेदर गर्ने बहाना पनि बुनेका छन् । सिनेमा सेलिव्रेटीका लागि पनि यतिबेला क्रीसमसको चिसो जीउ तताउने गजबको बहाना बनेको छ । नभए हिरोइन निरुता सिँहलाई नै सोधौं -क्रीसमस मनाउन उनी यतिबेला चल्दै गरेको सुटिङ रोकेर सिलुगढी उडेकी छिन् ।

निरुताले पारिवारिक जमघटमा क्रीसमस मनाउनेछिन् । आमा दुर्गा र संगीताको बर्थडे पनि संयोगवश सँगै परेकाले क्रीसमस बनाउने मुड चलेको छ उनलाई । हिरोइन ऋचा घिमिरे पति शंकरसँगै घरमा क्रीसमस मनाउनेछिन् । जसका लागि उनले घरमै क्रीसमस ट्री सजाएकी छिन् । केक र रेडवाइन पनि किनेकी छिन् । क्रीसमस इभ-पार्टीबाट पनि निम्तो आएका छन् तर ती पार्टीमा डिस्को जान चाहन्निन् ऋचा । 'किनभने काठमाडौंका डिस्को असुरक्षित छन् डाउट लाग्छ' ऋचाले भनिन् । हजुरआमा क्रीस्चियन भएकाले पनि उनमा क्रीसमसको ज्वरो चढेको छ । 'खुशि हुने एउटा पनि मौका छाड्नुहुँदैन' ऋचा भन्छिन् ।

अर्की हिरोइन ऋचा शर्माले चारवर्षदेखि ललितपुरको एजम्सन चर्चमा पुगेर दीप बाल्ने गरेकी छन् । क्रीसमसको दिन उनी चर्चमा जानेछिन् । घरमै क्रीसमस केक काट्ने र क्रीस्चियन साथीलाई गिफ्ट दिने उनको योजना छ । संयोगवश उनका निकटसाथी विनय श्रेष्ठ पनि क्रीस्चियन हुन् र एजम्सन चर्चमै उनी प्रार्थनामा पुग्नेछन् । साथीहरुको गेट-टुगेदर र फ्यामिली डिनर उनको योजना हो ।

हिरो राजवल्लभ कोइराला यतिबेला पछिल्लो प्रोजेक्ट 'प्रीतिको फूल'का लागि पोखरामा छन् र सुटिङको बेलुका युनिट तथा पोखरा र काठमाडौंका साथीहरुसँग मिलेर बार्बेक्यू पार्टी गर्दैछन् । अर्का हिरो श्रीकृष्ण श्रेष्ठले पाँचतारे होटल सोल्टीमा क्रीसमीस इभ पार्टी नै आयोजना गरेका छन् । आफ्नो चलचित्र 'कहाँ भेटिएला'लाई अष्ट्रेलियामा प्रदर्शन गर्ने आयोजक साथीहरु पूर्वसन्ध्यामा काठमाडौं आउने भएपछि श्रीकृष्ण गेट-टुगेदर गर्दै पार्टी दिन लागेका हुन् । हिरो सुमन सिँह र आर्यन सिग्देल पनि साथीसँगको जमघटमा क्रीसमस सेलिव्रेट गर्दैछन् ।

हिरोइन झरना थापा बानेश्वरको आफ्नो जुम क्याफेमा पारिवारिक जमघटमा क्रीसमस इभ सेलिव्रेट गर्दैछिन् । मूढेमा हुने भनिएको चलचित्रको सुटिङ शुक्रबारको उपत्यका बन्दले रोकिएपछि झरनालाई क्रीसमस बनाउने गजबको मेसो मिलेको छ । हिरोइन केकी अधिकारी दिदीकहाँ हुने जमघटमा क्रीसमस मनाउने मुडमा छिन् । सबैलाई मेरी क्रीसमस् !

mero cinema

0 comments:

Post a Comment