Translate

Friday

पिसाबले दिक्क भएपछि भित्ताभर देउताका तस्बिर

 
सार्वजनिक घुम्ती शौचालय राख्दा पनि खुल्ला स्थानमै दिसापिसाब गर्ने क्रम नरोकिएपछि परराष्ट्र मन्त्रालयले परिसरबाहिर पर्खालमा भगवानका चित्र टाँसेको छ।
राहदानी बनाउन आउने सेवाग्राहीका लागि काठमाडौं महानगरपालिकाले घुम्ती शौचालयको व्यवस्था गरेको छ। तर खुल्ला स्थानमै पिसाब गर्ने क्रम नरोकिएपछि मुख्य पर्खालका भित्तामा भगवानका चित्र कुँदिएका टायल जडान गरेको हो। परिसरबाहिर दिसापिसाब गर्न बन्द नभएपछि परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा ती चित्र राखेका हौं,' महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले नागरिकसँग भने, 'अब धर्ममा आस्था राख्नेहरूले जानीजानी भगवानको मूर्तिकै नजिक फोहोर गर्दैनन् कि?' केही दिनको परीक्षणपछि मात्र त्यसको प्रभाव थाहा हुने उनले बताए।
परराष्ट्र परिसरको भित्तामा टायल छापेर हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित २० वटा चित्र लहरै राखिएका छन्। त्यहाँ गौतम वुद्ध, शिव, गणेश, दुर्गा, साइबाबा, सरस्वतीलगायत चित्र छन्। यी चित्रहरूको महानगरले नियमित सरसफाइ गर्नेछ भने परराष्ट्र मन्त्रालयले त्यसको संरक्षण गर्नेछ।भित्तामा मात्रै होइन, सडकपेटीमै मन्दिर बनाउने योजनासमेत रहेको श्रेष्ठले बताए। 'चित्र टाँसेर मात्रै छाड्दा त्यसको दुरुपयोग गरेको देखिनसक्छ,' श्रेष्ठले भने 'त्यसैले सबैको आस्था जोगाउन सानो खालको आकर्षक मन्दिर बनाउने सोचमा छौं।'

परराष्ट्रसँग यसबारे छलफल भइरहेको उनले बताए। 'लामो समयसम्म परराष्ट्र मन्त्रालय त्यही रहने भए छ महिनाभित्रै मन्दिर निर्माण गरिने छ,' उनले भने।

एक वर्ष यता जिल्लाबाट राहदानी बाँड्न बन्द गरेपछि परराष्ट्रमा राहदानी लिन आउनेको भीड बढेको छ। भिडसँगै परराष्ट्र परिसर दिसापिसाबले दुर्गन्धित बन्दै गएको छ। फोहोरको दुर्गन्ध लैनचोरदखि कान्तिपथसम्मै फैलिएको छ।




nagarik

0 comments:

Post a Comment