Translate
Friday
लामो रौँयुक्त चिहुवाहुवा जापानमा प्रहरी परीक्षा पास
लामो रौँयुक्त चिहुवाहुवा मोमोले जापानमा प्रहरी परीक्षा पास गरेको छ ।
मूलतः मोमो नाउँले चिनिएको यो कुकुरले ७० कुकुरहरुको प्रतिस्पर्धामा आफूलाई नम्बर एक बनाउँदै नाउँ कमाउन सफल भएको हो । यसले ३२ जना परीक्षामा पास भएका अन्य कुकुरहरुलाई समेत पछि पारेर एक नम्बरमा नाउँ निकालेको हो ।
जापानी भाषामा मोमोको अर्थ आरुको फल बुझिन्छ । उसले खोजी र बचाऊ अभियानका लागि दिइने परीक्षा पास गरेको हो । उसले खोजी अभियानका लागि कुनै एक व्यक्तिलाई सबैभन्दा छोटो अवधि ५ मिनेटमा नै पास गरेको हो । उसलाई निकै छोटो समयावधिका लागि एक व्यक्तिको टोपी सुँघाइएको थियो ।
"जापानी प्रहरीमा जागीर खानका लागि जुनसुकै जातका कुकुरहरुले पनि आवेदन दिन सक्छन् तर मुख्य कुरा त परीक्षा पास गर्न सक्नु पर्यो", पश्चिम जापान प्रहरीका प्रवक्ताले बताए ।
तर मोमो जुन जातको कुकुर हो, उसले यो परीक्षामा प्रथम होला भन्ने अनुमान चाहिँ कमैले गरेका थिए । "त्यसैले त यो समाचारमा छाइरहेको छ", उनले भने ।
सात वर्षो मोमो आफू परीक्षामा पास भएपछि गर्वका साथ उभिएको टेलिभिजन फुटेजहरुमा देखिएको छ ।
अब मोमोलाई विभिन्न बचाऊ अभियान दलमा समावेश गरिनेछ र उसले भूकम्प गएका क्षेत्रमा खटिनुपर्ने बताइएको छ ।
सामान्यतयाः प्रहरीमा जागीर खान पाउने कुकुरहरुमा जर्मन सेर्फड जातहरु अगाडि छन् ।
enasha
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment