फेसबुक यो प्रविधिको विकास गर्नका लागि गत एक वर्षदेखि परिश्रम गरिरहेको थियो। केही जानकारहरुका अनुसार यसलाई जीमेल किलरको संज्ञासमेत दिइएकोछ। अर्थात एउटा यस्तो प्रविधि जसले जीमेल तथा अन्य समकक्षी इमेल सेवाको निंद हराम गर्नेछ।
फेसबुक संसारको सबैभन्दा लोकप्रीय सामाजिक सञ्जाल सेवा त हो नै अब उ आफ्नो विस्तार तिब्रताका साथ गरिरहेको छ। अब फेसबुकले आफ्ना ५० करोड प्रयोगकर्ताहरुका लागि नयाँ म्यासेजिङ्ग प्रणाली सुरु गरेको छ। फेसबुकका अनुसार यो नयाँ सिस्टम यति शक्तिशाली छ कि सामान्य इमेल अब इतिहासको पानामा रहनेछन् ।
के छ नयाँ सिस्टमः
फेसबुकको नयाँ म्यासेजिङ्ग सिस्टम सामान्यतः इमेल, व्यक्तिगत सन्देश र च्याटको एकमुष्ट स्वरुप हो । यसले केही हदसम्म त्यसरी नै काम गर्दछ जसरी फेसबुकको पुरानो व्यक्तिगत सन्देश सिस्टमले गर्दथ्यो ।
अब फेसबुकका प्रयोगकर्ताहरुले आफ्नो इमेल ठेगानासमेत प्राप्त गर्न सक्नेछन् । उदाहरणका लागि यदि कसैको नाम गोपाल (Gopal) छ भने यसको इमेल ठेगाना हुनेछ-gopal@facebook.com
के छ नयाँ?
आम इमेल क्वाइन्टको सट्टा यो प्रविधि कयौ अर्थमा फरक छ। उदाहरणका लागि यहाँ इमेल, च्याट र फेसबुक स्टेटस तीनै वटाको मिश्रण एउटा फीडमा देखाउछ। र, प्रयोगकर्ताले चाहे अनुसार जवाफ दिन सक्नेछन् । उदाहरणका लागि यदि कुनै मित्रले च्याटमा सन्देश पठाएको खण्डमा तपाई त्यसको जवाफ इमेलमार्फत पनि दिन सक्नुहुनेछ।
जब कुनै मित्रले तपाईलाई टेक्स्ट सन्देश पठाउछ तब त्यो तपाईको इन्बक्समा त आउने नै छ साथमा तपाईको फेसबुकको पृष्ठमा पनि देखिनेछ। यसबाट तपाई उसलाई तत्काल जवाफ दिन सक्नुहुनेछ। यदि सन्देश निजी र गोपनीय छ भने तपाईको मित्रले त्यसलाई इमेलको स्वरुपमा पनि प्रेषित गर्नेछन् । र तपाई त्यसलाई आफ्नो इन्बक्समा गएर पढ्न सक्नुहुनेछ।
यसबाट के फाइदा होला ?
यसबाट इमेल सिस्टम निकै तेज हुनेछ। कुनै यस्तो कुरा होस् जुन सार्वजनिक हुँदा गोपनीयता हुन्छ त्यस्तो टेक्स्ट तपाई सिधैं इमेलको रुपमा पठाउन सक्नुहुनेछ। गोपनीय कुरालाई इमेलको स्वरुप दिन सकिनेछ र चाहे च्याट पनि गर्न सकिनेछ । तपाईको कुराकानीको फिड एकै स्थानमा मात्र रहन्छ।
दोस्रो लाभ, यसबाट स्पामिङ्गमाथि लगाम लाग्नेछ। यो सिस्टमद्वारा स्पामिङ्ग गर्न कठिन छ। यसमा फिल्टरिङ्ग निकै सजिलो छ।
फेसबुकका प्रमुख मार्क जकरबर्गका अनुसार इमेल सिस्टम एउटा सुस्त गतिको माध्यम हो । फेसबुकको यो नयाँ म्यासेजिङ्ग सिस्टम तिब्र छ र सफल पनि । यद्यपि इमेल सुविधा त छ । मार्क जोड दिदै भन्छन् यो मात्र इमेल सिस्टम होइन । त्योभन्दा पछिल्लो प्रविधि हो । अब हेर्न बाँकी छ, फेसबुकको चीर प्रतिद्वन्द्वी गुगलले यसको जवाफ कसरी दिनेछ।
agency










0 comments:
Post a Comment