Translate

Wednesday

अमेरिकामा कान्तिपुर, काठमाण्डूमा टिभीफिल्मी

kantipur_in_400कान्तिपुर टेलिभिजनले अमेरिकामा आफ्नो प्रसारण विस्तार गरेको छ । विश्वकै ठूलोमध्ये मानिने डीटीएच कम्पनी डिस नेटवर्कमार्फत कान्तिपुर टेलिभिजन अमेरिकाका दर्शकमाझ पुगेको हो ।

नेपाली च्यानल अमेरिकी दर्शकमाझ दिने डिस नेटवर्क पहिलो अमेरिकी कम्पनी हो । डिस नेटवर्कका अन्तराष्ट्रिय कार्यक्रम हेर्ने उपाध्यक्ष क्रीस् कुइलिङले अमेरिकामा बसोबास गर्ने नेपालीले अब आफ्नो जन्मस्थलको महत्वपूर्ण समाचार र मनोरन्जन पाउन सक्ने बताए ।

गोपीकृष्ण मूभिजले स्थापना गरेको टेलिभिजन टिभीफिल्मीले पनि विहिबारदेखि नै आफ्नो औपचारिक प्रसारण थालेको छ । अपरान्ह आयोजना गरिने समारोहमा नेपाली चलचित्रका अभिनेताहरुले संयुक्तरुपमा टेलिभिजन उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

शतप्रतिशतरुपमा नेपाली सिनेमाका गतिविधि र कार्यक्रम प्रसारण गर्ने गरि स्थापना गरिएको टिभीफिल्मी नेपालमा पहिलो हो । शुभारम्भको पहिलो दिन नेपाली सिनेमा इतिहासमा पहिलोपटक रजतजयन्ती मनाएको चलचित्र 'कुसुमे रुमाल' प्रसारण गर्ने बताइएको छ । गोपीकृष्णले चलचित्र निर्माण, प्रदर्शन, रेडियो, टेलिभिजन र सुटिङ स्टुडियोमा लगानी गरेको छ ।

विहिबार नै गोपीकृष्ण मूभिजले निर्माण गरेको चलचित्र 'खुशी'को प्रीमियर गरिने भएको छ । शुक्रवार रिलिज हुने यो चलचित्रले सरकारले लागु गरेको पर्यटन वर्ष २०११ लाई सघाउन मद्दत गर्ने आशा निर्देशक ज्ञानेन्द्र देउजाले व्यक्त गरेका छन् ।

Mero cinema

0 comments:

Post a Comment