Translate

Tuesday

मंसिर र कलाकार अनि विवाह !

eligable_bachlor_in_400


मंसिर र विवाहको सम्बन्ध सदियौंदेखिको हो । नेपाली समाजमा यतिबेला विवाहको तयारी सुरु भएको छ । विवाहको मौसम सुरु भएसँगै आर्थिक र सामाजिक तरलता पनि बढेको छ । आफूले विहे नगर्ने भएपनि आफन्त र साथीभाइको विवाहमा जाने तयारीमा छन् धेरै नेपाली । यसपटक मंसिरको प्रभाव नेपाली सिनेमामा पर्ला/नपर्ला यद्यपी मंसिर सुरु भएसँगै अविवाहित अभिनेता/अभिनेत्रीको चर्चा पनि चल्न सुरु गर्छ ।

अभिनेता राजेश हमालले यस्ता थुप्रै मंसिर खेपे तर अहिलेसम्म विहे भएको छैन । उमेरले चालिस कटेपनि राजेशले यो मंसिर पनि मिस गर्ने पक्का छ । 'केटी खोजिरहेको छु, भनेजस्तो पाएको छैन' विहेबारे महानायकले भने 'बल्ल विहेको आवश्यकता महसुस गरेको छु ।' अभिनेता तथा गायक प्रशान्त तामाङले पनि यसपटकको मंसिर मिस गर्नेछन् । अफेयर चलिरहेकी आफ्नै गर्लफ्रेन्डसँग विहे बन्धनमा चाँडै बाँधिने विश्वास पनि प्रशान्तले दिलाए ।

हिरो आर्यन सिग्देल, रेश मरहठ्ठा, सुमन सिँह, राजवल्लभ कोइराला, आयुष रिजाल, कर्म, विनय श्रेष्ठ नेपाली सिनेमाका एलिगेबल ब्याचलर (विवाह गर्न योग्य भैकन पनि अविवाहित) हुन् । 'च्यालेन्ज' हिरो रेशले चाँडै नेपालमा रहेकी आफ्नी केटीसाथीसँग लगनगाँठो कस्दैछन् ।

अभिनेत्रतर्फ पनि 'एलिगेबल ब्याचरलर'को संख्या धेरै नै छ । निशा अधिकारी, नम्रता श्रेष्ठ, रेजिना उप्रेती, निरुता सिँह, ऋचा शर्मा, माल्भिका सुब्बा, नन्दिता केसी, केकी अधिकारी यस्ता अभिनेत्री हुन् जो विवाहयोग्य भएपनि अविवाहित छन् । निरुताका समकालिन अभिनेत्रीहरुले बिहे गरेर बच्चा जन्माइसकेपनि उनी भने टीनएजरतर्फ उन्मुख छिन् । यतिबेला नेपाली सिनेमामा विवाहिताहरुको बोलवाला छ भन्दा पनि अन्यथा हुँदैन ।

m .c

0 comments:

Post a Comment