Translate

Sunday

नेपालमा फिल्म बनाएकी थिइन् सुकीले


ang_home_400
बितेका २१ वर्षमा १५ वर्ष सैनिक नजरबन्दमा रहेकी म्यानमार, बर्माकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीले नेपाल आएर लघुफिल्म निर्माण गरेको तथ्य पत्ता लागेको छ । सन् १९८५ मा प्रकाशित भएको पुस्तक 'लेट्स भिजिट नेपाल'मा सुकीले उक्त कुरा उल्लेख गरेकी छिन् । चर्चामा आउनुअघि सुकी चारपटक नेपाल आएको कुरा उक्त पुस्तक पढ्दा थाहा लाग्छ ।

सुकी स्वयमले लेखेको उक्त पुस्तकका अनुसार उनले २०३१ मा नेपाल आउँदा नेपालको उत्तरी भेग डुलेर तिब्बती धर्मसंस्कृति सम्बन्धि हस्तलिखित लघुफिल्म निर्माण गरेकी हुन् । जतिबेला उनले दोस्रो सन्तानलाई जन्म दिइसकेकी थिइन् । 'यो इतिहास हाम्रा लागि महत्वपूर्ण सम्पत्ति हो' चलचित्र निर्देशक नवीन सुब्बाले भने 'यसले सुकी र उनकै जस्तै लोकतान्त्रिक देशबीचको सुमधुर सम्बन्धलाई ब्याख्या गर्छ ।'

शनिबार नजरबन्द मुक्त भएकी नेतृ सुकीको रिहाइलाई नेपालसहित विश्वले स्वागत गरेको छ । उक्त पुस्तकका अनुसार उनका जेठा छोरा एरिसले डकुमन्ट्री निर्माणका क्रममा लामो समय नेपालमा बिताएका थिए । अमेरिकाको बर्कले विश्वविद्यालयका विशेषज्ञहरुसँग आएका एरिसले त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनाससँग संयुक्तरुपमा काम गर्न चाहेका थिए तर तत्कालिन सरकारले स्वीकृति दिएन ।

0 comments:

Post a Comment