आफ्नै ५३ औं जन्मदिन मनाइरहँदा शनिबार हाँस्यअभिनेता हरिवंश आचार्य मुडमा थिए । यस्तो लाग्थ्यो -त्यो उनको बर्थडे सेरेमोनी नभएर कुनै कमेडी प्रोग्राम हो । वानेश्वरस्थित रेडियो अडियोको उचाइको छतमा यी लोकप्रिय अभिनेताले बर्थडे केक काटे र दीर्घायुको शुभकामना ग्रहण गरे । उनीसँगै थिए -३१ वर्षदेखिका सहयात्री मदनकृष्ण श्रेष्ठ, पत्नी मीरा र शुभेच्छुकहरु ।'मेरो भन्दा पनि संविधानसभाको बर्थडे मनाउन पाउँ' जन्मदिन समारोहमा हरिवंशले भने 'नेपाली कलाक्षेत्रको इज्जत उठाउने काममा लागौं ।' उनले आफ्नो जन्मदिनसम्म अनेकौं राजनीतिक व्यवस्था परिवर्तन भएको चर्चा गर्दै राजनीति र आफ्नी पत्नीलाई निकै कटाक्ष गरे । उक्त समारोह 'विशेष प्रोग्राम नभएर मिसेस प्रोग्राम' भएको भन्दै हरिवंशले पत्नी मीराको प्रशंसा गरे ।
सहयात्री मदनकृष्ण श्रेष्ठले पनि हरिवंशको जन्मदिनमा संविधान बनोस भनेर शुभकामना दिए । नेपाली जनताले आफूहरुको लोकप्रिय जोडीलाई अनन्तकालसम्म हेर्न चाहिरहेको पनि उनले उल्लेख गरे । अर्को लोकप्रिय जोडी किरा (किरण केसी र राजाराम पौडेल)ले पनि हरिवंशलाई नेपाली हाँस्य विधाको 'भीष्मपितामह'को संज्ञा दिए ।
रेडियोका प्रवन्ध निर्देशक दीपेन्द्र खनियाँले हरिवंश दाई ५३ नभएर् ३५ वर्षको जस्तो भएको भन्दै ठट्टा गरे । जवाफमा हरिवंशले आफू एकहप्ता ढिलो जन्मिएको नत्र लक्ष्मीपूजा, कागतिहार र कुकुर तिहार मनाउन पाउने भन्दै हँसाए । समारोहलाई रेडियो अडियोले प्रत्यक्ष प्रसारण गरेको थियो । आठवर्षपछि महजोडी कमब्याक भएको नेपाली चलचित्र 'हाँसिदेऊ एकफेर' मध्यमंसिरबाट रिलिज हुँदैछ ।
by mero cinema 










0 comments:
Post a Comment