सरकारले इन्टरनेटबाट प्रसारण हुने अश्लील वेबसाइटहरूमा प्रतिबन्ध लगाएको छ । नांगा र अश्लील सामग्रीले समाजमा उछृंखलता उत्पन्न गराइ शान्तिसुरक्षामा गम्भीर असर पर्न गएको भन्दै बुधबारदेखि नै त्यस्तो साइटहरूमा प्रतिबन्ध लगाइएको हो ।
'हामी बिहीबारदेखि नै यसको कडा कार्यान्वयनमा जान्छौँ, यदि कसैले उल्लंघन गरेमा कडा कारबाही गर्छौँ,' उपसचिव नेपालले भने । उपसचिव नेपालका अनुसार यस्ता अश्लील साइटहरू बन्द गराउन गृह मन्त्रालयमा उजुरीको ओइरो लागेको थियो । विशेषगरी जवान छोराछोरीका अभिभावकले गृह मन्त्रालयमा उजुरी गरेका थिए ।
गृह मन्त्रालयले त्यस्ता साइटहरू हेरेपछि युवायुवतीमा आपराधिक मनोविज्ञानमा वृद्धि भएकोसमेत पाइएको बताएको छ । मन्त्रालयले गरेको एक अध्ययनका अनुसार सहरबजारमा हुने अपराधमध्ये झन्डै आधा जति अपराध नांगो तस्बिर र अश्लील फोटाहरूका कारण हुने गरेको पाइएको छ । यौन र नांगा प्रवृत्तिका वेबसाइटहरू ठूलो संख्यामा प्रसारणमा छन् । गृह मन्त्रालयले ती वेबसाइटहरू कसले कहाँबाट सञ्चालन गरिरहेको छ भन्नेबारेमा पनि गोप्य अनुसन्धान गर्दै आइरहेको छ । 'निर्देशनको अटेर गर्नेमाथि छानबिन र अनुसन्धान गरी कारबाही प्रक्रिया तत्काल अघि बढाउँछौँ,' उपसचिव नेपालले भने ।
गृह मन्त्रालयले यसअघि नै फेसबुक सञ्चालनबाट नेपाल प्रहरीमा विकृति उत्पन्न भएको भन्दै प्रहरी प्रधान कार्यालयमा फेसबुक सञ्चालनमा रोक लगाइसकेको छ ।
यद्यपि सिंहदरबारलगायत अन्य सरकारी कार्यालयमा भने फेसबुक सञ्चालनमा रोक लगाइएको छैन ।                                                                                           by naya patrika










0 comments:
Post a Comment