१७ साउन, काठमाडौं । नेपाल विधूत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ समयावधि बढाएको छ ।कालीगण्डकी ‘ए’ जलविद्युत परियोजना मर्मत सम्भार कार्य भइरहेकाले लोडसेडिङको समयाधिव बढाइएको प्राधिकरण भारसम्प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
भाटको अनुसार सोमबारदेखि दैनिक विहान र बेलुका ४ घण्टाका दरले ८ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक २ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
परियोजनाका मर्मत सम्भार गर्न करिव एक साता लाग्ने भाटले जानकारी दिनुभयो ।










0 comments:
Post a Comment