Translate

Thursday

नांगिएर हिट हुने भए…

rekhain_400_01अभिनेत्री रेखा थापालाई लाग्ने सदावहार आरोप हो -उनी नांगिएर हिट बनेकी हुन् । तर यस्तो भन्नेहरुलाई रेखाको जवाफ छ -नांगिएर हिट् बनेको भए म यतिबेला ओझेलमा पर्थेँ किनभने मभन्दा नांगिने अरु छन् ।'

आफू नांगिएर हिट भएको भन्ने भ्रम नपाल्न रेखाले आग्रह गरिन् । आफ्नो पछिल्लो चलचित्र 'कसले चोर्यो मेरो मन'लाई प्रमाणका रुपमा दर्शाउन चाहन्छिन् रेखा । किन ? 'जुन फिल्ममा मैले कपडाले सबै अंग छोपेकी छु' उनी भन्छिन् 'दर्शकले मलाई लामा लुगा लगाएर शरिर छोपेकी राजकुमारीका रुपमा पाउनुहुनेछ ।'

नांगिएर नभई अभिनय र दक्षताबाटै हिट भएको रेखाको भनाई छ । 'मेरो पछिल्लो फिल्मलाई प्रमाणका रुपमा लिनुस' रेखाको चुनौति थियो 'म नांगिएर हिट भएको भ्रम चाहिँ नपाल्नुस ।' संयोग नै भन्नुपर्छ उनले लामा लुगा लगाएर अभिनय गरेका चलचित्र हामी तीनभाई, दुर्गा, किस्मतलगायत हिट भएका थिए ।

'कसले चोर्यो मेरो मन'मा रेखा शालिन र सभ्य भाषा बोल्ने राजकुमारीको भूमिकामा छिन् । आगामी असोज २९ मा फिल्म रिलिज हुँदैछ । यतिबेला रेखा चलचित्रको प्रमोसनमा ब्यस्त छिन् ।

                                                                                                          by  :  मेरो सिनेमा

0 comments:

Post a Comment