हिरो आयुष रिजाल आफ्ना फ्यानहरुलाई चिढाउन चाहन्नन् । नत टाढा बस्नै चाहन्छन् । त्यसैले हुनुपर्छ आफ्ना मनका कुरा र खबर बाँड्न आयुषले इन्टरनेटको सामाजिक संजालसँग साइनो गाँसेका छन् ।
अर्थात आयुषले बल्ल फेसबुक एकाउन्ट खोलेका छन् ।
'बल्ल फ्यानहरुसँग नजिकिने माध्यम पाएको छु' खुशिको सुटिङमा ब्यस्त संस्कृत हिरोले भने 'इमेलमा हुँदा सीमित साथीहरुसँग मात्र गफ हुन्थ्यो फेसबुकमा भएपछि अलराउन्डर फ्यानहरुले मलाई सर्च गर्नेछन् ।' फेक फेसबुकले हैरान भएपछि अन्य हिरोहिरोइनले एकाउन्ट बन्द गरिरहेको बेला आयुषले भने सक्कली एकाउन्ट नै खोले ।
फेसबुक एकाउन्टलाई निरन्तर अपडेट गरिरहने बताए उनले । 'सुटिङमा निकै ब्यस्त भइने भएकाले बेलुका घर फर्कंदा स्टाटस अपडेट गर्छु' उनी भन्छन् 'फेसबुक मेरो नजिकको साथी पनि हुनेछ ।' अहिले खुशिको सुटिङ गरिरहेका आयुष थप आधादर्जन फिल्ममा अनुबन्धित भैसकेका छन् ।                                                                                                    by मेरो सिनेमा
Translate
Thursday
Subscribe to:
Post Comments (Atom)











0 comments:
Post a Comment