सामग्रीः पाउरोटी २ पाउन्ड, आलु १-२ के.जी., मटरकोसा १ सय ग्राम, सिमी १ सय ग्राम, गाजर १ सय ग्राम, भेंडेखुर्सानी ५० ग्राम, बन्दागोभी २ सय ग्राम, काउली २ सय ग्राम, धनियाँको धूलो सानो १ चम्चा, जिराको धूलो सानो १ चम्चा, प्याज १ सय ग्राम, हरियो धनियाँ काटेको २ चम्चा, हरियो खुर्सानी २ वटा, टिम्मुरको धूलो आधा चम्चा, धूलो खुर्सानी १ चम्चा, तेल ३ सय मिलिलिटर तथा नुन स्वादअनुसार ।
विधिः आलुलाई उसिनेर सबै तरकारीलाई बफ्याउने र राम्रोसँग मुछ्ने । त्यसमा तेलबाहेक सबै सामग्री हाल्ने । पाउरोटीलाई पानीमा भिजाउने र त्यसमा अघि मिसाइएको पेस्ट हालेर पाउरोटीलाई चारैतिरबाट बन्द गरेर रातो हुने गरी तेलमा तार्ने ।
फिस कटलेट
सामग्रीः माछा १ के. जी, जिराको धूलो १ सानो चम्चा, टिम्मुर सानो आधा चम्चा, मसिनो काटेको हरियो धनियाँ  २ चम्चा, अदुवाको पेस्ट १ चम्चा, लसुनको पेस्ट १ चम्चा, तेल २ सय ५० मिलिलिटर तथा नुन-खुर्सानी स्वादअनुसार ।विधिः माछामा नुन हाली उसिनेर राम्रोसँग काँडा छुट्याउने । काँडाछुट्याइएको माछामा तेलबाहेक माथिका सबै सामग्री हालेर राम्रोसँग मुछ्ने र गोलो बनाएर त्यसलाई रातो हुने गरी तेलमा तार्ने ।
चिकेन चिल्ली
सामग्रीः १ केजी चिकेन, ३ वटा भेंडेखुर्सानी, ४ वटा प्याज, ४ वटा गोलभेंडा, एक मुठा धनियाँ, आधा
पाउ हरियो खुर्सानी, एक चम्चा सोया सस, एक  चम्चा भेनेगर, आधा कप टोम्याटो सस, नुन, जिरा एवं खुर्सानी स्वादअनुसार ।विधिः चिकेनलाई काटेर तेलमा तार्ने र एउटा भाँडामा राख्ने । त्यही तेलमा प्याज, गोलभेंडा तथा भेंडेखुर्सानी प|mाई गर्ने । त्यसमा टोम्याटो सस, भेनेगर तथा मरमसला हालेर ग्रेभी बनाउने । त्यसमा प|mाई गरिएको चिकेन हाल्ने । केही बेर पकाएपछि सफा बाउलमा सर्भ गर्ने ।
आलुको अचार
सामग्रीः आधा केजी आलु, एक कप तिलको छोप, एउटा कागती, नुन-खुर्सानी स्वादअनुसार ।
विधिःआलु उसिनी बोक्रा ताछेर ठिक्कको टुक्रा बनाई काट्ने । त्यसमा तिलको धूलो, नुन-खुर्सानी एवं कागती हालेर मुछेपछि तेलमा मेथी पड्काएर बेसारका साथ झान्ने ।
पुट कस्टर्ड
सामग्रीः ३ वटा केरा, एउटा आँप, एउटा स्याउ, एउटा अनार, १ लिटर दूध, २ सय ग्राम कस्टर्ड पाउडर
तथा चिनी स्वादअनुसार ।विधिः सबै फलफूल काटेर एउटा ठूलो कचौरामा राख्ने । अर्काे कचौरामा दूध र कस्टर्ड पाउडर मिसाएर चिनी हाली लेदो बनाउने । त्यसलाई सानो आँचमा विस्तारै चलाउँदै पकाउने । लेदो केही बाक्लो भएपछि काटेर राखिएको फलफूल माथिबाट छर्ने । राम्रोसँग मोलेर पि|mजमा राख्ने । केही बेरपछि सर्भ गर्ने । यो कस्टर्ड तीजको दरका लागि उपयुक्त परिकार हो ।
भेजिटेबल टेम्पुरा
सामग्रीः १ सय ग्राम गाजर, १ सय ग्राम मुला, १ सय ग्राम हरियो फर्सी, १ सय ग्राम भान्टा, १ सय ग्राम
सिमी, २ सय ग्राम मैदा, १० ग्राम अदुवा, नुन स्वादअनुसार, ५ ग्राम सेतो मरिचको धूलो, २० ग्राम बेकिङ पाउडर, आधा कप सोया सस, ५ सय मिलिलिटर तेल ।विधिः सबै तरकारीलाई राम्रोसँग धोएर पातलो स्लाइसमा काट्ने । अदुवा र मुलालाई कोरेसोमा काटेर धूलो बनाउने र सोया सससँग मिसाएर राख्ने । मैदामा बेकिङ पाउडर मिसाएर लेदो बनाउने । एउटा कराहीमा तेल तताउने । तातेको तेलमा मैदाको लेदोमा पातलो गरी काटिएको भेजिटेबल मिसाउँदै एक-एक गरी पाई गर्ने । विस्तारै क्रिस्पी हुन थालेपछि तेलबाट निकाली सफा भाँडामा राख्ने । यसरी बनाइएको टेम्पुरालाई अदुवा र मुला कोरेर राखिएको सोया सससँग खान सकिन्छ ।
क्यालिफोर्निया रोल
सामग्रीः ३ सय ग्राम जापानी चामल, १ वटा सि विद, १ सय ग्राम काँक्रो, १ वटा गाजर, ५० ग्राम सिमी,
५ ग्राम सेतो मरिचको धूलो, ३० ग्राम भेनेगर, २ चम्चा सोया सस, १० मिलिलिटर तेल ।विधिः चामललाई राम्रोसँग पखाल्ने । भात पकाउन चाहिने पानी हालेर पकाउने । पाकिसकेको भातलाई सफा भाँडामा राखी सेलाउन दिने । भेजिटेबललाई १५ मिनेट उसिन्ने र सेलाउन दिने । सेलाएको भातमा भेनेगर, नुन तथा मरिचको धूलो मिसाउने । सि विदमा भात फैलाउने र त्यसमाथि लामो गरी काटिएको भेजिटेबल मिसाएर रोल गर्ने । रोललाई ६ टुक्रा हुने गरी काट्ने । यसरी तयार भएको क्यालिफोर्निया रोल सोया सस तथा भेनेगर मिसाएर खाँदा निकै स्वादिष्ट हुन्छ ।
गाजरको हलुवा
सामग्रीः गाजर ४ वटा -कोरेको), ३ चम्चा खुवा -घरमै बनाएको), ३ चम्चा गाईको शुद्ध घिउ, २ सानो
चम्चा अलैंची र सुकमेलको धुलो, उमालेको दूध २ कप, काजु, पेस्ता बदाम सजाउनका लागि तथा स्वादअनुसार चिनी । विधिः ननस्टिक प्यान वा कराहीमा घिउ राख्ने । घिउ तातेपछि कोरेको गाजर हालेर ३ मिनेटजति पकाउने । त्यसपछि उम्लिएको दूध हालेर पकाउने । जबसम्म दूध बाफ बनेर उड्दैन यसलाई तबसम्म पकाइरहनुपर्छ । त्यसपछि चिनी तथा खुवा हाल्ने । २ सानो चम्चा अलैंची तथा सुकमेलको धँलो हालेर केही समय पकाउने । गाजरको हलुवाको रंग गाढा हुन्जेलसम्म पकाइरहने । त्यसपछि हलुवालाई एउटा बाउलमा राख्ने । काजु, पेस्ता तथा बदामले त्यसलाई सजाउने । यो हलुवा तातो वा चिसो खान सकिन्छ । घरमा तीजका लागि आएका पाहुनालाई डेजर्टका रूपमा गाजरको हलुवा ख्वाउन सकिन्छ ।
खीर
सामग्रीः दूध ५ कप, घिउ २ चम्चा, भिजाएको चामल २ चम्चा, अलैंची तथा सुकमेलको धूलो २ सानो
चम्चा, कोरेको नरिवल २ चम्चा, सजाउनका लागि काजु, काजी बदाम, किसमिस, केशर तथा स्वादअनुसार चिनी । विधिः सबैभन्दा पहिले एउटा भाँडोमा दूध उमाल्ने । दूध उम्लिएपछि भिजाएर राखेको चामल हालेर विस्तारै चलाइरहने । जबसम्म चामल र दूधको मिश्रण मिल्दैन तबसम्म चलाइरहने । दूध र चामल लपक्क मिलेपछि चिनी र दुई चम्चा घिउ हाल्ने । त्यसमा अलैंची र सुकमेलको धूलो तथा कोरेको नरिवल राखेर चलाउने । त्यसपछि एउटा बाउलमा खीर खन्याएर काजु, किसमिस, काजी बदाम तथा केशरले सजाउने । तयार भएको खीरलाई तीजको दरका रूपमा तात्तातै वा चिसो बनाएर खान सकिन्छ ।
चकलेट मड केक
सामग्रीः १५ ग्राम कोको पाउडर, १ सय २५ ग्राम मैदा, ६ ग्राम बेकिङ पाउडर, ४ वटा अन्डा, ३०
मिलिलिटर रम -इच्छाअनुसार), १ सय ७० ग्राम चिनी, १ सय २० ग्राम मख्खन, ७५ मिली तातोपानी, ६० ग्राम डार्क चकलेट ।विधिः पानी उमालेर त्यसमा डार्क चकलेट पगाल्ने । मख्खन र चिनीलाई नघुलेसम्म फिट्ने । मैदा, कोको पाउडर र बेकिङ सोडा राखेर छान्ने । त्यसलाई चकलेटको मिश्रणमा मिसाउने । त्यसमा अन्डा फुटाउँदै विस्तारै मिसाउने । सबैभन्दा पछि रम मिसाएर ब्लेेन्डरमा राम्रोसँग ब्लेन्ड गर्ने । केक गोलो, लामो वा चारपाटे जुन आकारमा बनाउने हो भाँडामा अलिकता तेल हाली मैदा छर्केर केकको मिश्रण बराबर पर्ने गरी राख्ने र १ सय ७५ डिग्रीमा बेक गर्ने ।
चकलेट नट केक
सामग्रीः १ सय ७० ग्राम मख्खन, ७० ग्राम डार्क चकलेट, १ सय ७० ग्राम चिनी, ८ ग्राम कोको पाउडर, १
सय ६० ग्राम मैदा, ४ ग्राम बेकिङ सोडा, ३ वटा अन्डा, ७० ग्राम मेवा टपिङका लागि १ सय ग्राम लिक्विड ग्लुकोज, ७५ ग्राम पानी, २ सय ५० ग्राम पिस्ता, बदाम तथा काजुको टुक्रा ।विधिः एउटा बाउलमा मख्खन र चिनी हालेर मज्जाले फिट्ने । त्यसपछि काजु, पिस्ता र बदामबाहेक सबै सामाग्री मिसाउने र राम्रोसँग फिटेर गोलो भाँडामा राखी १ सय ७५ डिग्री सेन्टिग्रेडमा बेक गर्ने । त्यसपछि टपिङका लागि मेवा टाँस्ने र काजु, बदाम, पेस्तालाई साना-साना टुक्रा बनाई ३० सेकेन्ड मधुरो आँचमा तातोपानीमा राखेर माथिबाट छर्किदिने । एकछिन माइक्रोवेभमा राखेर तात्तातै खाने ।










0 comments:
Post a Comment