Translate

Thursday

आमिर खान भिलेन ?

aamirin_400'थ्री इडियट'लगत्तै सस्तो फिल्म 'पिपली लाइभ'बाट महँगो आम्दानी गर्न सफल हिरो आमिर खानलाई 'धुम ३' मा भिलेनमा खेल्न प्रस्ताव आएको छ ।

यसअघि बनेका 'धुम'का दुई भागमा भिलेनकै भूमिका सबैभन्दा सशक्त थियो । 'धुम'मा जोन अव्राहम र 'धुम २' मा हृतिक रोशन । दुबै भिलेनकै रोलमा थिए। आदित्य चोपडाले आमिर खानलाई 'धुम'को सिक्वेलमा प्रस्ताव गरेका हुन्।

फिल्म 'फना'पछि आमिर र यसराज एउटै प्रोजेक्टमा देखिएका छैनन्। हुनसक्छ 'धुम ३' ले यी दुईलाई एउटै स्थानमा उभ्याउने छ । र आमिर 'धुम ३' मा खेले भने बक्स अफिसमा 'धुम ब्रान्ड'ले सबैखाले रेकर्ड ब्रेक गर्न सक्छ।

'धुम ३' मा प्रस्तव भएपनि आमिरले यसबारे खासै बोलेका छैनन् । उनले फिल्म खेल्ने र नखेल्दै कुनै पनि कुरा सार्वजनिक गरेका छैनन्। 'धुम ३' अझै पनि 'प्लानिङ' कै अवस्थामा छ । स्क्रिप्टमा काम नसकिएकाले कलाकार को लिने भन्ने अझे निधो नभइसकेको बताइएको छ।
                                                                                                by :मेरो सिनेमा

0 comments:

Post a Comment