Translate

Thursday

सलमानले छाडेपनि खुशी

katinकट्रीना कैफले पछिल्ला दिनमा जोया अख्तरको फिल्म 'जिन्दगी नमिलेगी दो बारा'को सुटिङको क्रममा आफ्ना को-स्टार ऋतिक रोशनसँग निकै मजा गरिरहेकी छिन् । उनलाई ऋतिकसँग सुटिङ गर्न मजा आइरहेको छ । तर कट्रीनाका व्वाइफ्रेन्ड सलमान खानले उनीसँगको आफ्नो सम्बन्धको अन्त्य भएको कुरा खुलेआम बताउन थालेका छन् ।

सलमानले अबदेखि कट्रीनासँग कुनैप्रकारको सम्बन्ध नरहेको बताइदिए । यो कुरा प्रकाशमा आएपछि कट्रीना पछिल्ला दिनमा निकै खुशि छिन् । उनलाई सलमानसँग आफ्नो सम्बन्ध टुटेको कारण कुनै पश्चाताप र चिन्ता छैन । सुटिङमा ब्यस्त स्रोतका अनुसार यो कुराले सुटिङमा ब्यस्त कट्रीनाको अनुहारमा कुनै तनाव देखिएको छैन । उनी हरक्षण सुटिङमा ऋतिकसँग रमाइरहेकी छिन् र सुटिङको मज्जा लिइरहेकी छिन् ।

यतिबेला कटि्रना र ऋतिकको दोस्ती दिनप्रतिदिन गहिरिँदै गइरहेको छ । यो कुरालाई कमैलाई थाहा छ कि संजयलीला भंसालीले आफ्नो चलचित्र 'गुजारिश'मा सलमानलाई लिने क्रममा थिए तर उनले उनको ठाउँमा ऋतिकलाई अनुबन्ध गरे । जसका कारण सलमान ऋतिकसँग रिसाएका थिए । अब ऋतिकसँग कट्रीनाको घनिष्ठ दोस्तीपछि सलमानको प्रतिकि्रया कस्तो आउने हो त्यो भने हेर्न बाँकी नै छ ।                                                                              by mero cinema

0 comments:

Post a Comment