Translate

Tuesday

एन्जेलिनाले कुटिन क्याथरिनलाई


हलिउडकी चर्चित एवम् सर्वाधिक कामुक अभिनेत्री एन्जेलिना जोलीले चर्चित हलिउड अभिनेत्री क्याथरिन जिता जोन्सलाई कुटेकी छिन्।  एलिजाबेथ टेलेरको भूमिकाका लागि अभिनेत्री चयन गर्ने क्रममा एन्जेलिनाले क्याथरिनलाई पिटेकी हुन्।

एलिजाबेथ टेलेर र रिचार्ड बोर्टनको वास्तविक प्रेम जीवनमा आधारित चलचित्रमा खेल्न अधिकांश हलिउड अभिनेत्री तथा अभिनेता मरिहत्ते गरिरहेका बेला भएको विवादमा एन्जेलिनाले क्याथरिनलाई पिटेकी हुन्।  सन् ६०/७० को दशकतिरको बोर्टन र टेलरको प्रेम जीवनमा आधारित चलचित्रमा टेलरको भूमिकाका लागि चलचित्रका निर्देशक माइक निकोलले एन्जेलिनालाई छनोट गर्ने विचार बनाइसकेको निकोलनजिकका स्रोतले एजेन्सीलाई जनाएको छ।

तर सो भूमिका क्याथरिनले हत्याउने कोशिस गरेपछि उनीहरुबीच विवाद भएको थियो। सोही क्रममा एन्जेलिनाले क्याथरिनलाई पिटेको एजेन्सीले जनाएको छ। एन्जेलिनाले आफ्नो जीवनको आदरणीय व्यक्तित्व एलिजाबेथबाट चमात्कारी ढंगमा प्रभावित भएको एजेन्सीलाई बताएकी छिन्।


स्क्रिप्ट प्राप्त नभइसकेको भए तापनि टेलरको भूमिकामाथि सक्दो न्याय गर्ने एन्जेलिनाले बताएकी छिन्। एन्जेलिनाले क्याथरिनको हातबाट सो भूमिका खोसे पनि बोर्टनको भूमिकाका लागि रस्सेल क्रोवे क्लिभ अभेन कोलिन फेरेल्लको नाम अगाडि आएको छ। यीमध्ये कसले चाहिँ बोर्टनको भूमिकामा अभिनय गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।

0 comments:

Post a Comment