Translate

Tuesday

मोहियानी हक लिन जिउँदै आमाको मृत्युदर्ता प्रमाणपत्र

image

नयाँ पत्रिका
सप्तरी, २४
तीन दशक अघिदेखि बाबुले उपभोग गर्दै आएको जग्गा मोहियानी हक लिन सप्तरीका एक छोराले आफ्नी जिउँदो आमालाई मरेको भनी गाविस कार्यालयबाट नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएको पाइएको छ । जिल्लाको प्रसवनी-६ का सत्यनारायण मण्डलले आफ्नी ८३ वषर्ीया आमा खुदनीदेवी मण्डलको मृत्यु भएको भनी ५ असोज ०६५ मै गाविस कार्यालयबाट नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएको तथ्य खुलेको हो 
सत्यनारायणका स्र्वीगय बुबा छोटकैन मण्डलले प्रसवनी-६ की भवानीदेवी चौधरीको जग्गा उपभोग गर्दै आएका थिए । त्यसकै मोहियानी हक लिने मनसायले आमा मरेको भनी उनले नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएको जिल्ला भूमिसुधार कार्यालय सप्तरीले जानकारी दिएको छ 
चौधरीको जग्गामा मोहियानी हक कायम गराउन सत्यनारायणले जिल्ला भूमिसुधार कार्यालयमा २ नम्बरको अनुसूची फारम भरी कारबाही चलाएका छन् । सोहीअनुरूप पुनरावेदन अदालत राजविराजले १८ असारमा सो जग्गा आवाद नगर्न/गराउन सत्यनारायणको नाममा अन्तरिम आदेश जारी गरेको थियो । सत्यनारायणले माग गरेको २ नम्बर अनुसूची फाराम नमिलेपछि यससम्बन्धमा भएको छानबिनका क्रममा उनकी आमा जिउँदै रहेको प्रमाण फेला परेको हो 
भूमिसुधार कार्यालयबाट आफ्नो जग्गामा मोहियानी हक कायम गराइदिन भनी सत्यनारायणले निवेदन दिएको जानकारी जग्गाधनी भवानीदेवी चौधरीले पाएपछि उनले पनि जिल्ला प्रशासन कार्यालय सप्तरीमा 'खुदनीदेवी जिउँदै रहेको र निजका छोराले उनी मरेको भनी नक्कली प्रमाणपत्र बनाएको' भन्दै २ साउनमा निवेदन दर्ता गराएकी थिइन्       
चौधरीले दिएको निवदेनअनुसार प्रशासनले जिल्ला प्रहरीलाई आवश्यक छानबिन गर्न पत्राचार गरेको थियो । छानबिनपछि जिल्ला प्रहरी कार्यालयले खुदनीदेवी जिउँदै भएको स्थानीय मुचुल्का बनाई पुनः प्रशासनमा प्रतिवेदन पठाएपछि यस्तो तथ्य खुलेको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर खड्काले नयाँ पत्रिकालाई जानकारी दिए । खड्काका अनुसार २६ साउनमा जिल्ला प्रशासन कार्यालयमा आवश्यक सोधपुछका लागि हाजिर हुनेगरी गाविससचिव केशवकुमार झा र विपक्षी सत्यनारायण मण्डललाई समेत पत्राचार गरिएको छ । यस मुद्दामा दोषी ठहरिने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ 
'

०३४ सालअगावै वर्ष ५० की खुदनीदेवी आफ्नो कालगतिले मृत्यु भएको व्यहोरा प्रमाणित गरिन्छ,' प्रसवनी गाविससचिव झाद्वारा दिइएको मृत्युदर्ता प्रमाणपत्रमा उल्लेख छ 
तर, गाविस कार्यालयको कागजातअनुसार खुदनीदेवीको उमेर ८३ वर्ष देखाइए पनि आफ्नो उमेर ७० वर्ष मात्र भएको उनको कथन छ । गाविससचिव झाले समेत आफू जिउँदै भए पनि नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाउन सहयोग गरेको खुदनीदेवीले आरोप लगाइन् 


यस विषयमा गाविससचिव झाले आफूलाई दिएको निवदेनकै आधारमा त्यस्तो प्रमाणपत्र दिएको स्विकारे । 'आफ्नी जिउँदो आमा मरेको भनी कसले नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाउँछ र ?,' सचिव झाले भने, 'खुदनीदेवीका छोरा सत्यनारायणले दिएको निवेदनकै आधारमा मैले यस्तो प्रमाणपत्र दिएको हुँ । असुरक्षाका कारण गाउँ डुलेर विस्तृत जानकारी लिने वा मुचुल्का उठाउने वातावारण छैन ।'

0 comments:

Post a Comment