Translate

Tuesday

गर्मी हुँदा अफिस आउनु नपर्ने !



जर्मनीमा पछिल्लो समय निकै गर्मी हुन थालेको छ । केहीले यसलाई जलवायु परिवर्तनको कारक मानिरहेका छन् । तर गर्मी बढेकै कारणले अफिसमा तरतरी पसिना चुहाउँदै काम गर्नेहरुलाई चाहिँ जर्मनीको एक सरकारी कम्पनीले फाइदाजनक आदेश जारी गरेको छ । कम्पनीले आफ्ना २ सय ६० कर्मचारीहरुलाई काम गर्दा पसिनै पसिना भए, घरमा गएर आराम गर्न सूचना जारी गरेको छ ।



स्थानीय बीजेड नामक अखबारले बर्लिनमा रहेको कर कार्यालयका अनुसन्धानकर्मीहरुलाई इमेल पठाएर यस्तो सूचना दिएको हो । इमेलमा भनिएको छ- "यदि कसैलाई अहिलेको तापक्रममा काम गर्न ज्यादै अप्ठेरो भएको र पसिनैपसिना भएको अनुभव भइरहेको छ भने उनीहरु घर जान सक्छन् । पसिना चुहाउन कुनै आवश्यक छैन ।"

"यदि कसैले पसिना आएका कारण बिदामा बस्न चाहन्छ भने उसलाई यो सुविधा दिइन्छ तर त्योभन्दा अघि उसलाई पसिना काम गरेकै कारणले आएको हो कि अन्य कारणले हो, त्यो चाहिँ खुलाउनु पर्नेछ । एक किसिमले यो जाँचजस्तै हो । उक्त जाँचमा सफल हुने जोकसैलाई पनि बिदा दिइन्छ । र, यदि कसैले बिदा बस्छ भने यो कतिपय अवस्थामा बुद्धिमानीपर्ूण्ा निर्ण्र्ाापनि हुनसक्छ र त्यसका लागि कार्यालयका तर्फाट पर्ूण्ारुपमा कर्मचारीहरुको अवस्थालाई ख्याल राखिनेछ ।"

इमेललाई कार्यालयका हाकिम एरिक स्किलफेकले लेखेको समाचारमा जनाइएको छ । अन्त्यमा इमेल लेखकले लेखेका छन्- "पसिनामा निथु्रक्क भिजेकाहरुलाई शुभकामना सहित... ।"

यो समाचारलाई बीजेडले पहिलो पृष्ठको समाचार बनाएको छ । समाचार शर्ीष्ाक "पसिनाले भिजेका कर्मचारी घर बस्न पाउने" राखिएको छ ।

केही साता यता बर्लिनबासीहरु तातो हावाका कारण उसिनिएझैँ महसूस गरिरहेका छन् । त्यहाँ ३० ड्रि्री सेल्सियसको तापक्रम हुनु सबैभन्दा बढी गर्मीको महसूस गरिन्छ । यो तापक्रमले त्यहाँ सबैभन्दा तातो दिनको कर्ीर्तिमान बनाइसकेको छ ।

0 comments:

Post a Comment