Translate

Tuesday

जाग उठ नेपाली




काठमाडौं/ गायक तथा गीतकार सञ्जीव 'विवश' ले 'जाग उठ नेपाली' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अन्तिम आश एल्बममा समावेश यो गीतमा मुलुकको वर्तमान अन्योल राजनीति माहौल, शान्ति र संविधानलाई मुख्य विषय बनाइएको छ । भिडियोमा जनआन्दोलन ०६२/६३ का संवेदनशील दृश्यसमेत समावेश गरिएको छ 
आफ्नो गीतमा प्रत्येक हरफले देशप्रेम र जनचेतना जगाउने विश्वास गर्छन्, गायक सञ्जीव । देशभक्तिपूर्ण गीत भएकाले सञ्चारमाध्यमले प्राथमिकताका साथ बजाइरहेको बताउँछन्, उनी 
जनआन्दोलन ०६२/६३ मा प्राण आहुति दिएका र घाइते हजाराँै नेपालीले उचित सम्मान तथा राहत नपाएकोमा दुखेसो पोख्छन्, उनी । संविधान नबने देशकै इज्जतमा धब्बा लाग्ने तथा नेपालीले एउटा सुनौलो अवसर गुमाउने बताउने सञ्जीव यो गीतको गायक, गीतकार, संगीतकार तथा एरेन्जर आफैँ हुन् । गायनमा उनलाई इन्दिरा जोशीले पनि साथ दिएकी छिन् 
लेटेन्सी म्युजिकले बजारमा ल्याएको यो एल्बमको मूल्य मात्र रु. ३५ छ । एल्बममा अन्य गीत कर्णदास, अन्जु पन्तलगायतले गाएका छन् । दुईवटा गीतको म्युजिक भिडियो बजारमा आइसकेका छन् । दुवै भिडियोको निर्देशन नवराज कार्कीले गरेका हुन् 

0 comments:

Post a Comment