भक्तपुर/ पर्यटन मन्त्रालयका सचिव किशोर थापाले पर्यटन वर्ष २०११ सफल पार्न ग्रामीण पर्यटन विकास अनिवार्य रहेको बताएका छन् ।पर्यटन सचिव थापाले पर्यटन वर्षका लागि पोखरादेखि स्वर्गद्वारी, खप्तड, पश्चिम महाकालीसम्म र पूर्वमा तिनचुले, मिल्के, जलजलेदेखि आएका ४० प्रतिशत पर्यटकलाई ग्रामीण क्षेत्रसम्म पुर्याउने योजना रहेको बताउँदै सहरी क्षेेत्रमा केन्दि्रत पर्यटन गाउँगाउँसम्म विस्तार गरिने बताए ।
उनले हवाई यातायातमा सुधार ल्याउन तुम्लिङटार विमानस्थल १ हजार २ सय मिटर कालोपत्रे सुरु गरिएको जानकारी दिए ।
५ वर्षदेखि नेपालमा पर्यटक बसाइ १३ दिनबाट घटी ११ दिनमा सीमित भएकाले नेपाल बसाइ बढाउन मन्त्रालयले पहल थालेको थापाको भनाइ थियो ।
उनले पर्यटन वर्षलाई लक्षित गरी ३६ किलोमिटर ट्रेकिङ ट्रेल निर्माण अगाडि बढाइएकोमा नगरकोट, चन्द्रगिरि, नागार्जुन, शिवपुरीलाई प्राथमिकता दिइएको बताए । पर्यटन, भौतिक र स्थानीय विकास मन्त्रालयको समन्वयमा पर्यटन पूर्वाधार निर्माण गरिने बताउँदै थापाले व्यवसायीलाई नयाँ प्याकेज ल्याउन आग्रह गरे ।










0 comments:
Post a Comment