पहिलेको समाचारः ग्रिकका प्रधानमन्त्री जर्ज पापान्ड्रुको टेलिफोन लाइन काटिएको छ । खबरका अनुसार, उनले घरको टेलिफोनको बिल नतिरिएका कारण उनको घरको टेलिफोन काटिएको समाचारमा जनाइएको छ ।अब अहिलेको समाचारः दूरसञ्चारका एक प्राविधिकको गल्तीका कारण ग्रिसेली प्रधानमन्त्रीको टेलिफोन लाइन काटिएको र प्रधानमन्त्रीले तिर्न बाँकी रहेका कारण उक्त टेलिफोनको लाइन नकाटिएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्रीकै घर छेउका एक ग्राहकको लाइन काटिनुपर्नेमा प्रधानमन्त्रीको घरको लाइन काटिनु गल्ती भएको त्यहाँको दूरसञ्चारले स्वीकार गरेको छ ।
टेलिकम कम्पनी ओटीइले माफी माग्दै भनेको छ- हाम्रा प्रधानमन्त्रीको घरको टेलिफोन नम्बर र उहाँको घर छेउका छिमेकीको टेलिफोन नम्बरमा एउटा अङ्कको मात्र फरक रहेछ र नजानिदो पाराले प्रधानमन्त्रीको टेलिफोन नम्बर काटिन पुगेछ । जसका लागि हामी दुःखी छौँ ।
ग्रीसको एथेन्सको शहरी भागमा रहेको प्रधानमन्त्रीको घर फोन दर्ुइ दिनपछि पुनः जोडिएको छ । उनको टेलिफोन पैसा नतिरेका कारण काटिएको भनी समाचार आएपछि पनि दर्ुइ दिनपछि मात्र लाइन पुनः जोडिएको समाचारमा जनाइएको छ ।
पछिल्लो समयमा ग्रिस आर्थिक सङ्कटमा फँसेका कारण प्रधानमन्त्री तनावमा थिए । युरोपेली युनियन र अन्तर्रर्ााट्रय मुद्रा कोषबाट सहयोग पाउनका लागि उनले पछिल्लो समय जनतालाई दुःखी बनाउँदै विभिन्न खर्च कटौतीमा सहमति जनाएका थिए । देश आर्थिक सङ्कटमा फँस्नु र उनकै घरको टेलिफोन लाइन काटिनुलाई त्यहाँ रमाइलो मानिएको थियो ।
रमाइलो त के भइदियो भने, अन्य भीआइपीका नम्बरजस्तै त्यो नम्बर भीआइपीको चिन्ह नभएका कारण काटिन पुगेको ओटीइका प्राविधिकले स्वीकार गरेका छन् ।










0 comments:
Post a Comment