क्रिकेट करियरको कठिन क्षणबाट गुजि्रएका मुरलीधरनलाई सन् २००४ मा अस्ट्रेलियाली प्रधानमन्त्री जोन हवार्डले सम्म बल चकरको अभियोग लगाए । त्यसपछि मुरलीधनले अस्ट्रेलिया खेल्न नजाने निधोसमेत गरे, तर टिमका साथमा सन् २००६ मा अस्ट्रेलिया जाँदा उनले अर्को अपमानसमेत सहनुपर्यो । केवल अस्ट्रेलियाले मात्र उनको बलिङमा प्रश्न उठाएकोमा उक्त प्रतियोगितामा उनलाई अन्डासमेत प्रहार गरिएको थियो । यो घटनालाई लिएर गोराले कालालाई हेपेको भन्ने विवादसमेत प्रारम्भ भयो, तर मुरली आफ्नो खेलबाट रत्तिभर पनि विचलित भएनन् ।
मुरलीधरनका हजुरबाबु पि्रयास्वामी सिनास्वामी सन् १९२० मा श्रीलंकामा चियाको पात टिप्न गएका थिए । रोजगारीका लागि तामिलनाडुबाट श्रीलंका गएका तामिल समुदायका पि्रयास्वामी भारत फर्किए पनि मुरलीका बाबु भने श्रीलंकामै बसे । सन् १९७२ मा केण्डीमा मुरलीधरन जन्मिँदा श्रीलंकामा बहुसंख्यक रहेका सिंघाली र अल्पसंख्यक तामिलहरूबीच तनाव बढिरहेको थियो । तामिल नेता भेलुपिल्लाई प्रभाकरणको दुई वर्षअघि हत्या हुनुअघिसम्म पनि श्रीलंकामा जातीय युद्ध जारी थियो । यस्तो अवस्थामा तामिल समुदायको मात्र प्रतिनिधित्व नगरी समस्त श्रीलंकालीको प्रतिनिधित्व गरेर उनले आफूलाई महान् खेलाडी मात्र बनाएनन् समस्त श्रीलंकाको प्रतिष्ठासमेत बढाए ।
देशभित्र व्याप्त जातीय द्वन्द्वका क्रममा आफूलाई पृथक् रूपमा प्रस्तुत गर्दै मुरलीधरनले ६ वर्षअघि हरारेमा जिम्बाबेविरुद्ध भएको टेस्टको दोस्रो इनिङमा दुई विकेट लिएर टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा आफ्नो नाम दर्ता गरेका थिए ।
अन्तर्राष्ट्रिय रूपमा तीन पटक बलिङ विगारेको आरोपको सामना गरेर निर्दोष सावित भएका मुरलीधरनको बलिङ शैलीलाई पछि दुसरा नामकरण गरियो । उनको बलिङबाट प्रभावित भएर अस्ट्रेलियाका महान् ब्याट्सम्यान डोनाल्ड ब्रेडम्यानले मुरलीधरनको तुलना इङल्यान्डका अफ स्पिनर बिल ओरेलसँग गरेका थिए, जसमा मुरलीधरनले आफूले पाएको सर्वाधिक ठूलो सम्मान भनेर प्रतिक्रियासमेत दिए ।
तथ्यांकमा मुरली
टेस्ट क्रिकेटमा
सर्वाधिक विकेट ः ८ सय -१ सय ३३ टेस्टका २ सय ३० इनिङमा)
सर्वाधिक १० विकेट ः २२ पटक -टेस्ट क्रिकेट खेल्ने सबै देशविरुद्ध)
सर्वाधिक ५ विकेट ः ६७ पटक
प्रतिविकेट रन औसत ः २२ दशमलव ७२
प्रतिओभर रन औसत ः २ दशमलव ४७
सर्वोत्तम बलिङ ः ५१ रन दिएर ९ विकेट -एक इनिङमा)
सर्वोत्तम बलिङ ः २ सय २० रन दिएर १६ विकेट -एक टेस्ट म्याचमा)
बल फ्याँकेको ः ४४ हजार ४९
रन दिएको ः १८ हजार १ सय ८०
अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा
सर्वाधिक विकेट ः ५ सय १५ -३ सय ३७ खेलका ३ सय २९ इनिङमा)
सर्वाधिक ५ विकेट ः १० पटक
प्रतिविकेट रन औसत ः २३ दशमलव ०७
प्रतिओभर रन औसत ः ३ दशमलव ९२
सर्वोत्तम बलिङ ः ३० रन दिएर ७ विकेट
बल फ्याँकेको ः १८ हजार १ सय ६९
रन दिएको ः ११ हजार ८ सय ८५
अन्तराष्ट्रिय ट्वान्टी-२० क्रिकेटमा
खेल ः ११
विकेट ः १३
प्रतिविकेट रन औसत ः २० दशमलव ४६
प्रतिओभर रन औसत ः ६ दशमलव १८
सर्वोत्तम बलिङ ः २९ रन दिएर ३ विकेट
बल फ्याँकेको ः २ सय ५८
रन दिएको ः २ सय ६६
अन्त्यमा, टेस्ट क्रिकेटबाट संन्यास लिएका मुरलीधरनले अझै दुई वर्ष एक दिवसीय तथा ट्वान्टी-२० क्रिकेट खेल्ने बताएका छन् ।










0 comments:
Post a Comment