Translate

Saturday

सर्टकर्टले कद घटायो



हालै बेलायतको राजधानी लण्डनमा सम्पन्न भएको पेन्सनपट्टा कमाइसकेका बूढाहरुको म्याराथन दौडमा सबैभन्दा कम समयमा दौड पूरा गर्ने बूढाले सबैभन्दा र्सटकट बाटो उपयोग गरेको पत्ता लागेको छ । ६९ वर्षो एन्थोनी गास्केलले तीन घण्टा पाँच मिनेटमा दौड पूरा गरेर सबैलाई अचम्ममा पारेका थिए ।

कसैले पनि नसोचेको व्यक्तिले अकस्मात सोचेभन्दा कम समयमा दौड पूरा गरेपछि सबै जना चकित हुनु स्वाभाविक पनि थियो ।

जब उनलाई अवार्ड दिनका लागि तयारी गरियो, उनको गतिविधि नियाली रहेको एक समूहले दौडको आधा समय उनी गायब भएको भेटेको थियो ।

उनले बाँकी रहेको १३ माइल आधा घण्टामा नै कसरी पूरा गरे भनेर म्याराथन दौडका अधिकारीहरुले पत्ता लगाउने प्रयास पनि गरे । हेल गेब्सेल्सीले बनाएको विश्व कर्ीर्तिमानलाई पनि माथ गर्ने किसिमको उनको कर्ीर्तिमान बन्ने देखेपछि त उनलाई शंकाको घेरामा राख्नु नै पर्ने भयो ।

यता शंकाको घेरामा परेपछि बूढा एन्थोनी गास्केलले आफूले कर्ीर्तिमान बनाएको कुनै दाबी नगरेको स्पष्टीकरण दिएका छन् । "मैले कर्ीर्तिमान बनाएँ भनेको छैन न त कर्ीर्तिमानको दाबी नै गरेको छु", उनले डेली मेललाई बताए ।

"मैले र्सटकर्ट बाटो अपनाएर त्यहाँ पुगेँ किनभने मलाई मेरा परिवारले त्यहाँ कुरिरहेका थिए । म घर र्फकन लागेको पनि परिवारलाई सम्झेर र्सटकटमा पुगेको थिएँ । तर यसमा मेरो कुनै दाबी छैन", उनको भनाइ छ ।

उनीपछि ६६ वर्षो कोलिन रेथबोनले यो दौड पूरा गरेको बताइएको छ । उनले एन्थोनीको भन्दा ३८ सेकेण्ड ढिलो दौड पूरा गरेका थिए । कोलिनले चाहिँ २६ माइललाई र्सटकर्ट नअपनाइ पूरा गरेको पाइएकाले उनलाई पुरस्कृत गरिएको छ ।

दौड पूरा गर्ने कोलिन चेशायरस्थित नर्थविक निवासी हुन् । उनले दौड जितेपछि भने- "विगत १० वर्षा मैले गरेको सबैभन्दा राम्रो कामै यही हो ।"

0 comments:

Post a Comment