तालमा होस् वा स्वीमिङ पुलमा गर्मी झल्काउने पहिरँमा युवतीहरूको फोटोसेसन गराउन यतिबेला ग्ल्यामर फोटोग्राफरहरू व्यस्त देखिन्छन् । ठिकठाकडटकमका सुरज श्रेष्ठले भने, 'गर्मीमा फाटोसेसन गराउन आउनेहरूको भीडले फुर्सदै पाइँदैन ।
यो मौसममा ताल तथा स्वीमिङ पुलमा फोटोसेसन गर्नेहरू बढी छन् । खुला पहिरनमा फेवातालको बोटमा बसेर ग्ल्यामर पोज दिइरहेकी अस्मिता केसीले हल्का कपाल पछाडि सार्दै भनिन्- 'गर्मीमा ग्ल्यामर त भैहाल्छ नि ।' जाडो होस् वा गर्मी, मोडलिङ क्षेत्रमा फेमिलियर बन्नका लागि एउटा माध्यम त चाहिन्छ नै । राम्रो फिगर र क्षमता हुनेहरू अलमल्लिरहनुपर्दैन । फोटोसेसन अहिले मोडलिङ क्षेत्रमा लाग्नेहरूका लागि पहिलो भर्याङ बनेको छ ।
मोडलहरूलाई यस्तो पहिचान बनाउन बग्रेल्ती खुलेका फेसन वेबसाइट तथा ग्ल्यामर फोटोग्राफरले मोडलहरूको फोटोसेसन रहरलाई पूरा गरिदिएका छन् । थुप्रै पटक फोटोसेसन गरेपछि चर्चामा आएकी मोडल हिमा गुरुङ यो वास्तविकतालाई सहज रूपमा लिन्छिन् । फोटोसेसनकै कारण मैले मो डलिङको संसारमा चिनिने मौका पाए उनले भनिन्- 'फोटोसेसनबिना मोडलिङमा जम्न असम्भव छ ।'
अवसर र लोकपि्रयता पाइने भएपछि मोडलिङको संसारमा रमाउन आउनेहरू पनि बढेका बढयै छन् । चिनिने मात्र होइन, फोटोसेसनपछि नै मोडलह रूले सेल्युलाइड चलचित्रमा पनि अवसर पाएका छन् । पछिल्लो उदाहरण हुन सञ्जु । कमल श्रेष्ठसँग फोटोसेसन गरेपछि उनकै तस्बिर मन पराएर निर्माता तथा नायक सुरज आरडीले 'भूल भए माफ गर' चलचित्रमा सञ्जुलाई लिए । पहिलो पटक चलचित्रकी नायिका बनेकी सञ्जुले हसिलो मुद्रामा भनिन्- 'फोटोसेसनले नै मलाई म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुर्यायो ।'
लभ्लीपोखरा डटकमका ग्ल्याम फोटोग्राफर ओम लामा भन्दै थिए-'तस्बिरले नै मोडलहरूलाई चिनाउछ ।'
तर केही युवतीहरूले भने सस्तो लोकपि्रयताका लागि मात्रै तस्बिर खिचाएको पाइन्छ । मोडलिङमै जम्छु भन्ने सोच उनीहरूमा कमै हुन्छ । फोटोसेसन गर्नेहरूले सीमाभन्दा बाहिरको कामुकतालाई पनि जोड दिएको पाइन्छ ।
वेबसाइटहरूले पनि आफनो व्यवसाय प्रवर्द्धन गर्न फोटोसेसन गराउन दौडधूप बढी गर्ने गरेका छन् । वेबइन्टरनेटमार्फत युवतीहरूको तस्बिर खिचाउनेहरूको प्रतिस्पर्धा पछिल्लो समयमा निकै बढेको छ । पोखरा सिटी डटकम तथा लभ्लीपोखरा डटकम युवतीहरूको तस्बिर खिचेकै कारण मो फसलबाट चम्किएका हुन् ।
पछिल्लो समयमा फोटोसेसनमा ग्ल्यामर शैलीले प्राथमिकता पाएको छ । फाटोसेसनमा ग्ल्यामर त चाहिन्छ नै, मोडल बबिना शर्माले भनिन्- 'सामान्य खालको तस्बिर त जसले पनि खिचीहाल्छ नि ।'










0 comments:
Post a Comment