Translate

Saturday

पशुको औषधी मानिसलाई


बंगलादेशका यौनकर्मीहरूले आफूलाई पोटिलो देखाउन घरपालुवा जनावरलाई ख्वाइने औषधी सेवन गर्ने गरेका छन् । एक अनुमानअनुसार अहिले  बंगलादेशका विभिन्न वेश्यालयमा करिब २ लाख युवती यौनकर्मीका रूपमा कार्यरत छन् । यो पेसामा पहिलो पटक आउँदा उनीहरूको सरदर उमेर १२  देखि १४ वर्ष हुन्छ ।

कलिलो उमेरमै यौनपेसामा आउँदा अप्ठ्यारो हुने हुँदा उनीहरूलाई वेश्यालय सञ्चालकले पशुलाई ख्वाइने ओक्साडेक्सोन नामक औषधी सेवन गराएर  पुष्ट पार्छन् । यसरी त्यहाँका ९० प्रतिशत यौनकर्मीले यो औषधी सेवन गरेर आफ्नो शरीरलाई पुष्ट तुल्याएर ग्राहक आकषिर्त गर्ने गरेका छन् । पहिलो  पटक सेवन गर्न गाह्रो हुने र केही पछि नशाका रूपमा लत बस्ने यो औषधी पानपसलमा समेत पाइन्छ भने यसको मूल्य एक कप चियाभन्दा पनि कम  छ ।

0 comments:

Post a Comment