Translate

Saturday

धेरै खुसी हुनेहरुको सम्बन्ध विच्छेद हुने सम्भावना



श्रीमतीलाई माया नगर्ने श्रीमान्हरु कमै होलान् । खटपट भए पनि उनीहरुबीच मायाप्रीति भने रहेकै हुन्छ । तर जब श्रीमान् अचानक श्रीमतीलाई अधिक माया गर्न थाल्छन्, त्यतिबेला श्रीमती चनाखो हुनुपर्ने स्थिति एउटा अध्ययनले देखाएको छ ।

हृालै गरिएको एउटा शोधले श्रीमान् धेरै खुसी भए सम्बन्ध विच्छेदको स्थिति आउने खतरा औँल्याएको छ ।

डिकिन विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको शोधमा यदि विवाहित जोडीबीचको खुसीको स्तर भिन्न छ भने सम्बन्ध विच्छेदको सम्भावना धेरै हुने देखिएको छ । विशेषगरी, श्रीमान् धेरै खुसी भए, त्यो अझ खतरापर्ूण्ा हुने शोधको निश्कर्षछ ।

शोधकर्ताले अष्ट्रेलिया, जर्मनी र बेलायतका दम्पत्तिका गतिविधिमाथि अध्ययन गरेपछि यो निश्कर्षनिकालेका हुन् । श्रीमान्­-श्रीमतीबीच खुसीको स्तरमा जति भिन्नता देखिन्छ, त्यो भिन्नताले सम्बन्ध विच्छेदको खतरालाई उत्ति नै बढी हुनसक्छ ।

अध्ययनका क्रममा पुरुषभन्दा महिलाहरु नै बढी खुसी देखिएका छन् तर जुन दम्पत्तिमा पुरुष धेरै खुसी थिए, उनीहरुको वैवाहिक जीवन समाप्त भएको पाइयो ।

मुख्य शोधकर्ता अर्थशास्त्री डा. कोहित गुवेनले सम्बन्ध विच्छेदपछि श्रीमाान् र श्रीमतीबीच खुसीको अन्तर कम भए पनि ती दम्पत्तिको तुलनामा खुसीको अन्तर धेरै थियो जो अलग भएका थिएनन् ।

दम्पत्तिले सुरुमा गलत निर्ण्र्ाालिएर अलग भएपछि पनि उनीहरुमा खुसीको अन्तरमा भने कुनै कमी नआएको अध्ययनले देखाएको छ । अध्ययनले सम्बन्ध विच्छेदको खतरालाई आय र घरको कामकाजसँग पनि जोडिएको थियो ।

0 comments:

Post a Comment