Translate

Saturday

दुईमध्ये कसलाई छान्ने



१३ वर्षेखि हराएकी श्रीमती फेला पारेपछि चीनका एक श्रीमान्ले दर्ुइ वटी श्रीमतीमध्ये कसलाई छोड्नु भन्ने ठूलो पीरमा परेका छन् । रेन सुसाओ नामका ५२ वषर्ीय हजामले निकैअघि बिहे गरेकी श्रीमतीलाई सन् १९९७ को एक बिहान गायब भएको पाएका थिए । त्यसयता रेनले १३ वर्षो अवधिमा आफ्नी पहिलो श्रीमतीको अनुहारसमेत हर्ेन पाएका थिएनन् ।

तर अकस्मात जेठी श्रीमती फेला परेपछि यी बूढालाई पर्नु पीर परेको छ । किनभने, यो १३ वर्षो अवधिमा धेरै घटना घटिसकेका छन् । उनले अर्को बिहे गरिसकेका छन् र कान्छी श्रीमती काइ चेनग्रोङलाई छान्ने कि जेठी जियोङ जिन्झेनलाई भन्ने बिलखबन्दमा परेका छन् ।



स्थानीय पत्रिकाका अनुसार, उनकी जेठी श्रीमतीलाई छिमेकी एक बदमासले बिहानै अपहरण गरेर एक व्यक्तिलाई बेचिदिएका थिए । र, किन्ने मान्छेले चाहिँ अझ अर्को व्यक्तिलाई बेचिदिए । गत वर्षमात्रै रेनका एक साथीले उनकी जेठी श्रीमतीलाई फेला पारेका थिए । जियोङस्थित शिजियो शहरमा देखा परेकी ती महिलाका बारेमा हजाम रहेका रेनलाई बताएपछि रेन श्रीमती खोज्दै त्यहाँ पुगेका थिए ।

उनलाई आफ्नी श्रीमती अहपरणमा परेको शंका लागेकै कारण उनले प्रहरीको सहायतामा आफ्नी जेठी श्रीमतीलाई छुटाएर घर ल्याउन सफल भए । "हामीले जब एकअर्कालाई यत्तिका वर्षछि भेट्यौँ, मन थाम्न सकेनौँ र रुँदै अँगालो मार्‍यौँ", रेनले पत्रिकालाई बताए ।

जेठी श्रीमती हराएपछि र कुनै पत्तो र भेउ पाउन नसकेपछि सन् २००३ मा उनले अर्की महिला बिहे गरेका थिए । अब यी दर्ुइ महिलाहरुले आफ्नो श्रीमान् बाँड्नु पर्ने भएको छ । दर्ुइ श्रीमतीका धनी रेनले भने- "मैले दर्ुइ वटी श्रीमती राखेको कुरा कानूनी रुपमा गैरकानूनी ठहरिन्छ । त्यसैले हामीले घरैमा एउटा सम्झौता गरेका छौँ । म जेठी र कान्छी दुवैलाई उत्तिकै माया गर्छर्ुुर हकका हिसाबले चाहिँ म श्रीमतीसँगै बढी सुत्न जान्छु । त्यसलाई कान्छीले अन्यथा ठान्ने छैन ।" उनले दर्ुइ वटी श्रीमतीलाई बेग्लाबेग्लै कोठा दिएका छन् । दुवै जना सौता भए पनि अहिलेसम्म समस्या नपरेको बताइएको छ । जेठी श्रीमतीका लुगासमेत कान्छीले धोइदिएपछि समस्या हुने कुरा पनि भएन ।

त्यसो त कानूनी रुपमा पारपाचुके गर्ने विषयमा रेनले नसोचेका पनि होइनन् । "म पारपाचुके गर्छर्ुु कान्छीलाई नै छोडपत्र गर्छर्ुुर उनी परिवारमै बस्छिन् । उनलाई खानलाउन कुनै समस्या चाहिँ हुनेछैन किनभने हामी दुवैले उसको हेरचाह चाहिँ गर्न छाड्दैनौँ", रेनले बताए ।

 

0 comments:

Post a Comment