Translate

Saturday

फुटबलमा स्कुले बालिका

११ वर्षीया रक्षा पुन ४ कक्षामा पढ्छिन् । घरकुट्ट िखेल्ने उमेरमा उनी फुटबल खेलिरहेकी हुन्छिन् । फुर्सद भयो कि संगीहरूसँग फुटबल  खेल्नु उनको दैनिकी जस्तै भएको छ ।

बाँके जिल्लाको सीतापुर गाविस वडा नम्बर ४ एलगाउँस्थित गुराँस चाइल्ड हुड एकेडेमीमा अध्ययनरत रक्षा फुटबल खेल्न छिमेकी योगिनी माविमा  आएकी थिइन् । उनी एक्लै थिइनन् । स्कुलका १६ जना सहपाठी पनि सँगै थिए । खेल शिक्षक डीपी तामाङले उनीहरूलाई डोर्‍याएका थिए ।

स्कुल स्तरबाटै खेलमा आर्कषित गर्न अभियान थालिएपछि खेलकुदमा स्कुले बालिकाको सहभागिता बढ्दो छ । बाँकेका फुटबल प्रशिक्षकहरू ग्ााउँ-गाउँ  गएर कलिला बालिकाहरूलाई फुटबल खेल्न सिकाइरहेका छन् । 'कलिलो उमेरमा सिक्ने बढी सम्भावना हुन्छ ।' अभियान सञ्चालन गरिरहेको ओशोनिक  फुटबल क्लबका अध्यक्ष भोजराज शाही बताउँछन् ।

गुराँस चाइल्ड हुड स्कुलजस्तै चारवटा स्कुलका बालिकाहरूलाई सीतापुर गाविसको ग्ाौघाटस्थित योगिनी माविको मैदानमा ३ महिने फुटबल प्रशिक्षण  दिइएको थियो । त्यसलाई उढरापुरको पुरैना गिजरास्थित प्रस्तावित जनसेवा माविमा निरन्तरता दिइएको छ । 'फुटबल सिक्न थालेपछि रुचि बढ्दै गएको  छ ।' प्रशिक्षणकै क्रममा लक्ष्मी नेपालले भनिन् ।'

योगिनी माविमा १ सय १५ स्कुले बालिकाले फुटबलको आधारभूत प्रशिक्षणमा भाग लिएका थिए । उनीहरू ४ देखि १० कक्षामा अध्यनरत ११ देखि १६  वर्षका थिए । 'साथीहरूसँग मिलेर खेलिन्छ । त्यही भएर फुटबल खेल्न मन लाग्छ ।' चाइल्ड हुडमा ७ कक्षामा पढ्ने सरु शाहीले स्पष्ट गरिन्, ' शरीरलाई पनि फाइदा पुग्छ ।' प्रतिभा खोजी अभियानको सूचना पाएपछि खेल शिक्षक तामाङले उनीहरूलाई फुटबल खेलाउन थालेका थिए । शिक्षक  तामाङले, रुचि, फिट्नेस र एक सातासम्म उनीहरूको खेल हेरेर १६ जना छनौट गरेको बताए ।

महिला फुटबलको विकास गर्न स्कुल स्तरबाटै प्रतिभा छनौट सुरु गरेको आयोजक ओशोनिक फुटबल क्लबले जनाएको छ । सबै स्कुलमा गएर क्लब  सदस्यहरूले प्रतिभा खोजी अभियानका बारेमा जानकारी गराएपछि शिक्षक तथा अभिभावकहरू सकारात्मक भएका थिए । बाँके जिल्लामा फुटबलको  राम्रो विकास र सम्भावना भएका सीतापुर, राधापुर र उढरापुर तथा छिमेकी बर्दिया जिल्लाको जमुनी गाविसका स्कुले बालिका खेल्न आएका छन् ।

किशोरीहरू फुटबल खेल्न अघि नसरेकाले प्रशिक्षक लिएर गाउँ छिरेको अध्यक्ष शाहीले बताए । प्रशिक्षकहरूले स्वयंसेवी बनेर किशोरीहरूलाई प्रशिक्षण  दिने बताएका छन् । प्रशिक्षकहरू वासुदेव भट्टराई, सानु तामाङ र रवीन्द्र श्रेष्ठ किशोरी प्रतिभा खोज्दै गाउँ पुगेका हुन । बाँके जिल्ला फुटबल संघले दुई  वर्षअघि कोहलपुरबाट यस्तै अभियान चालेको थियो । उक्त अभियानबाट छानिएकी निरु थापा दक्षिण एसियाली खेलकुद स्पर्धा

-साग) मा सहभागी भएकी थिइन् । अभियानबाटै मैदान छिरेका कृष्णा खत्री र नानु खत्री पनि अन्तिम छनोट चरणसम्म पुग्न सफल भएका थिए ।

फुटबल मैदानमा आइसकेका किशोरीहरू एक/दुई प्रतियोगितापछि पलायन हुने गरेका छन् । उच्च शिक्षा पढ्न वा विवाहपछि उनीहरूले खेल छाड्ने  गरेका छन् । त्यसैले हरेक जिल्लादेखि राष्ट्रियस्तरका प्रतियोगिता अघि नयाँ खेलाडीलाई प्रशिक्षित गर्नुपर्ने बाध्यताबाट वाक्क संघ र क्लबहरूले प्रतिभा  खोज्ने अभियान थालेका हुन् । 'यो खेल प्रतिभा खोज्ने रामं्रो उपाय हौ,' संघका अध्यक्ष प्रदेशसिंह राठौरले बताए । 

उढरापुरको पुरैना गिजरास्थित प्रस्तावित जनसेवा माविको खेल मैदानमा फुटबल प्रशिक्षणमा व्यस्त ४० जना स्कुले बालिका साँझ बिहान प्रशिक्षण  लिन्छन । लक्ष्मी नेपाललाइ दुुई महिना अघिसम्म फुटबलका बारेमा थाहा थिएन । महिला फुटबल विकासका लागि प्रतिभाको खोजी अभियान उनीहरू को स्कुलसम्म विस्तार भएपछि फुटबलप्रति रुचि बढेको नेपालले बताइन् ।

गत मंसिरमा सीतापुर गाविसको ग्ाौघाटस्थित योगिनी माविको मैदानमा चालिएको अभियान उढरापुरमा बिस्तार गरिएको छ । 'यस्ता अभियानहरूले  स्कुल स्तरबाटै खेलाडी उत्पादनमा सहयोग पुगेको छ ।' नेपाल फुटबल संघ -एन्फा) का केन्द्रीय सदस्य गोवर्द्धनसिंहले बताए ।

0 comments:

Post a Comment