गधालाई सबैभन्दा दुःखी जनावर मानिन्छ किनभने यसले जिन्दगीभर भारी बोकिरहनु पर्छ । यसका लागि मनोरञ्जनको अन्य कुनै साधन छैन । तर रुसका एक व्यापारीले गधाको यो पीर बुझेर त होइन तर एउटा विज्ञापनको अभियानका लागि गतिलो मनोरञ्जन दिलाइदिएका छन् ।

रुसको एउटा सामुदि्रक किनारमा गएको साता रमाउने व्यक्तिहरुले जीवनमै नदेखेको एउटा रोचक घटनाको साक्षी हुनु पर्यो । प्यारासुटमा मान्छेको साटो गधा झुण्डिरहेको थियो र गधाले पनि यसलाई निकै मन पराइरहेको थियो ।
जब प्यारासुट पानीमा खस्यो, रमाइलो मान्दै गधा पानीबाट उफ्रँदै निस्कियो । माथि आकाशमा छँदा उसलाई उड्नु यति रमाइलो भयो कि आकाशमा गोलो गोलो पार्दै आफ्नो गोडा हावामा गोता लगाइरहेको थियो ।
रुसको क्रस्नोदारस्थित गोलुबित्स्काया सामुदि्रक किनारमा रमाइरहेका व्यक्तिहरुले यो दृश्य आफ्नो जीवनभर नदेखेको प्रतिक्रिया दिए ।
तर यो आफ्नो गधालाई मनोरञ्जन दिलाउन गरिएको क्रियाकलाप नभई एउटा विज्ञापनको क्याम्पेनका लागि गरिएको द डेली टेलिग्राफले जनाएको छ । स्थानीय गाउँलेहरुलाई सामुदि्रक किनारामा रमाइलो गर्न बढीभन्दा बढी आऊन् भनी यो विज्ञापन अभियान सञ्चालन गरिएको बताइएको छ ।
तर यो अभियानकर्ताहरुलाई प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ताले भने- ूयसरी गधालाई हावामा कावा खुवाउनु बुद्धिमानी होइन । यो पशुअधिकारविरोधी क्रियाकलाप हो ।










0 comments:
Post a Comment