नयाँबजार, काठमाडौंकी स्थायी बासिन्दा १८ वषर्ीया सलिना खड्का यसै वर्षदेखि मोडलिङमा प्रवेश गरेकी छिन् । कक्षा १२ को परीक्षा दिएपछि उनलाई मो डलिङमा सक्रिय हुने अवसर मिलेको हो । कलेजमा छँदा फेसन शो तथा सांस्कृतिक कार्यक्रममा सहभागी भैरहने सलिना नृत्यमा पनि पारंगत छिन् । सानैदेखि  पश्चिमी शैलीको नृत्य गर्ने सलिना यति बेला राजधानीमा बी-बोयिङको प्रशिक्षण लिइरहेकी छिन् । आगामी भदौमा आयोजना हुने मिस्टर एन्ड काठमाडौं-२०१०  मा प्रतिस्पर्धा गर्न क्याटवाकसहित अनेकन् विधामा प्रशिक्षण लिएरहेकी सलिना ५ फिट ४ इन्च अग्ली छिन् । नृत्यका अतिरिक्त गायन तथा घुमफिरकी सौखिन  सलिनाले भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएकी छिन् । जिन्स तथा टिसर्टकी पारखी सलिनालाई अभिनयमा पनि रुचि छ । उनी भन्छिन्— 'मोडलिङका  साथै चलचित्र क्षेत्रमा समेत आउन सक्छु ।'
 
0 comments:
Post a Comment