म सधै अन्तरमुखी रहें । मलाई साथीहरूको साथ र विद्यालयको पारिवारिक वातावरणमा कहिल्यै
जीवन परिवर्तनशील छ भन्ने लागेको थिएन । विद्यालय जीवनको अन्त्यतिर पनि कुनै अर्को ठाउँमा जानुपर्छ र अर्कै शैलीमा जीवन बिताउनुपर्छ भन्ने लाग्दैनथ्यो । मलाई साथीहरू कहिल्यै छुट्टँिदैनन्, आत्मीय ठाउँ कहिल्यै फेरिँदैन र जीवन अस्थिर हुँदैन भन्ने लाग्थ्यो । वास्तवमा जीवन परिवर्तनशील रहेछ । अहिले समयले आफूमा ल्याएको परिवर्तनबाट मैले यी कुरा बुझ्न सकेकी हुँ ।स्कुले जीवन पूरा गरी कलेज जीवनमा प्रवेश गरेको हिजो मात्र जस्तो लाग्छ । कलेज जाँदाको त्यो पहिलो दिन मलाई आज पनि राम्रोसँग याद छ । त्यो दिन पलपल मलाई मेरो स्कुलको सम्झना आइरहेको थियो । कक्षा दससम्म म साथीहरूसँग नै रमाउँथें । सात वर्षसम्म पढेको वीरेन्द्र सैनिक आवासीय महाविद्यालयमा आफ्नोपन थियो । जीवन अघि बढ्दै थियो र सबैले उपनाम दिएको फलामे ढोकालाई ढक्ढकाउने क्षण नजिकिएको थियो । पढाइमा ध्यान त दिइन्थ्यो तर कता-कता सबै साथी छुट्टनिे दिन पनि नजिकिएको आभास हुन्थ्यो । यद्यपि आफ्नो मन बुझाएर आफूलाई सम्हाल्थें किनभने त्यतिबेला मेरा साथीहरू मसँग थिए । एसएलसी दिनुअघि म होस्टलमा साथीहरूप्रति बढी निर्भर भैसकेकी थिएँ । एसएलसीपछि होस्टल, विद्यालय र साथीहरूबाट छुट्टनिे दिन पनि आयो । होस्टलको अन्तिम दिन सबै जना दुःखी हुँदै बिदा भए । म अलिअलि गर्दै एक्ली हुँदै थिएँ । अन्तिममा मेरो परिवार लिन आउँदा मलाई बिदा गर्ने कमै थिए तर साथीहरू फेरि भेट्ने आशा भने बाँकी नै थियो ।
स्कुलबाट छुट्टएिपछि बि्रज कोर्स गरियो । बि्रज कोर्स गर्दा पनि साथीहरूको रोजाइ र बाटो फरक हुँदै गयो । कहिलेकाहीँ साथीहरूसँग भेट हुन्थ्यो, मन प्रफुल्लित हुन्थ्यो र विछोडको भयानक स्वरूप धमिलिँदै जान्थ्यो । तीन महिनापछि एसएलसीको रिजल्ट आयो । सबैले आ-आफ्ना सपनालाई जीवनमा उतार्न खोजिरहँदा म भने मेरो सपनासँगै जीवनको परिवर्तन गर्ने प्रयासमा लागिरहेकी थिएँ । अब कलेज खोज्ने क्रम चल्न थाल्यो । फेरि पनि सबैको रोजाइ फरक हुँदै गयो । सबै कलेज राम्रा थिए र तिनका विज्ञापन अझ आकर्षक । यिनका बीचमा राम्रो कलेज खोज्नु मेरा लागि चुनौती थियो । कलेज रोज्ने क्रममा पनि विस्तारै साथीहरूको बाक्लो जमात पातलिँदै गयो सँगसँगै मेरो डर पनि बढ्दो थियो । म विज्ञान पढ्ने अठोटका साथ काठमाडौं मोडल कलेजमा भर्ना भएँ । दुईपटक अन्तर्वार्तामा बोलाउँदा मन कामिरहेको थियो तर म सफल भएँ । विस्तारै आत्मविश्वास बढ्दै थियो । मसँगै हातमा गन्न सकिने साथीहरू यही कलेज पढ्ने सोचमा थिए । थोरै साथी मसँग भए पनि मैले परिवर्तनलाई अंगाल्न खोज्दै आफूलाई सम्हालेपछि थाहा पाएँ म त कलेजमा पढ्ने एक्ली भएछु । आखिर सबैको रोजाइ फरक भयो । एकछिनलाई सोचें जहाँ साथीहरू छन्, म त्यहीँ जान्छु । किनभने यो कलेजमा मैले चिनेका साथी कोही छैनन् । म त यहाँ एक्ली हुन्छु । फेरि नयाँ साथीहरू कस्ता हुन्छन् कस्ता ? म उनीहरूसँग मिल्न सक्छु कि सक्दिन ? उनीहरू गु्रपमा आए भने कसरी घुलमिल हुने भन्ने प्रश्न मनमा खेलिरहेको थियो ।
त्यसपछि मैले बल्ल जीवन सधै आफूले सोचेजस्तो हुँदैन रहेछ भन्ने कुरा बुभmन थालें । विछोड पनि जीवनको एउटा पाटो रहेछ । हरेक उल्झन र दुःखलाई आफैले छिचोल्नुपर्दोरहेछ । जिन्दगी अघि बढ्दै जान्छ र परिवर्तन छाया बनी पछि लाग्दै आउँदो रहेछ । आत्मनिर्भर बन्ने समय यही रहेछ । यसले संकेत त पहिल्यै दिएको थियो तर म बुझेर पनि आफूलाई भ्रममा राखिरहेकी थिएँ । म अहिले साथीहरूसँग गरेको झगडा अनि उतिबेला नै फेरि गरेको रमाइलो सम्झन्छु जसलाई सम्झदा अहिले पनि मेरो मन खुसी भएर आउँछ तर पनि मनमा उनीहरूसँगको विछोडले कताकता नरमाइलो लाग्छ । अन्त्यमा म परिवर्तनलाई आत्मसात् गर्न सफल भएँ । परिवर्तनले मलाई अनेकौं सुख-दुःख दिए पनि यसले ममा नयाँ आत्मविश्वास जगाएको थियो ।
कलेजको पहिलो दिन रातभर निद्रा लागेको थिएन । हरेक सेकेन्डको सुई आफ्नो गति भन्दा छिटो दौडिएको अनुभूति भैरहेको थियो । मलाई आजको रात नकटोस् भन्ने लागिरहेको थियो । आखिर अरू दिनजस्तै त्यो दिन पनि सूर्य उदाए । म कलेज जान बाध्य भएँ । सबैको शुभाशीष लिएर म अघि बढें । बाटोमा घर अगाडिकी साथीले पनि सँगै कलेज पढ्ने कुरा थाहा पाउँदा मन केही हल्का भयो । बाटोभरि कलेज गएर के गर्ने, नयाँ साथीहरूसँग कसरी बोल्ने भन्ने कुरा मनमा खेलिरहेको थियो र हामी त्यही कुरा गर्दै बाटोमा हिँडिरहेका थियौं । कलेज पुगेपछि मेरो मुटुको धड्कन गाडीभन्दा छिटो चलिरहेको थियो ।
आखिर कलेज आइपुग्यो, कता जाने केही थाहा थिएन । चारैतिर नियालें र पाले दाइसँग कक्षा कोठा सोधी भित्र गएँ । साथी र मेरो सेक्सन अर्कै रहेछ । जसरी भए पनि मैले परिस्थितिको सामना एक्लै गर्नुपर्ने भयो । कक्षाकोठा आफै खोजेर डर मान्दै भित्र छिरें । सबै अपरिचित अनुहार अब भने मलाई साथीहरू नभएको भान भयो । भीडमा पनि एक्लो महसुस गरें । बि्रज कोर्स गर्दा हल्का चिनेको साथीलाई देखेर ऊसँग गएर बसें । सर कक्षा कोठामा छिर्नुभयो र हामीलाई स्वागत गर्नुभयो । विस्तारै-विस्तारै मन हल्का हुन थाल्यो । सबै सर र मिसहरूले न्यानो माया दिनुभयो अनि डर र भय टाढिँदै गयो । मन रमाउन खोज्दै थियो तर पुराना साथी र वातावरणको कमी भने अझै महसुस भैरहेको थियो तर पनि आफूमा भर्खरै पलाएको आत्मविश्वास र हिम्मतलाई डग्मगाउन नदिने साहस अझै थियो ।
कलेज छुट्टी भयो । बिदा हुँदासम्म मैले केही नयाँ साथी बनाइसकेकी थिएँ । आफू बित्थामा डराएको देखेर हँासो उठ्यो । बेकारमा डरले डेरा जमाएजस्तो लाग्यो । कक्षा ९ मा पढेको उखान वनको बाघले नखाए पनि मनको बाघले खाँदो रहेछ भन्ने कुरा मैले आज आएर बुझें । मन अझै पूरा हल्का भएको छैन । जीवनको परिवर्तन देख्दा अचम्म लाग्छ । छोटो अवधिमै आत्मनिर्भर भएर आफ्नो क्षमताअनुसार आफ्नै ढंगले जीवनलाई अघि बढाउने प्रयास गर्नु छ । हिँजो मात्र कलेज सुरु गरेजस्तो लाग्छ तर अहिले १२ पनि सिद्धिने बेला भैसक्यो । विगत सम्झदा हाँस्न मन लाग्छ । अनि कताकता नरमाइलो पनि लाग्छ । पुराना ती दिन, साथी अनि वातावरण मानसपटलमा सधैं कायम रहनेछन् ।
शोभा अधिकारी










0 comments:
Post a Comment