समान लिङ्गीलाई साथी बनाएको अभियोगमा विद्यालयवाट प्रताडित एक युवतीले हालै न्याय पाएकी छिन् । मिसिसिपीको इतावा कन्ट्री स्कुलमा पढ्दा  समलिङ्गी साथीलाई लिएर निष्पिmक्री हिँडेको अभियोगमा विद्यालयले उनलाई मानसिक तनाव दिएको थियो । विद्यालयले उनलाई आफ्नो पोसाकमा  समलिंगी चिह्न लगाउन निर्देशन दिएको थियो । विद्यालयको त्यही निर्देशनका कारण सहपाठीहरूले जिस्क्याउन थालेपछि कन्स्टेन्स म्याकमिलनले  विद्यालय परित्याग गरेकी थिइन् । विद्यालयको यस्तो किसिमको रबैयाप्रति अमेरिकाको नागरिक अधिकार आयोगमा उजुरी गरेपछि उक्त विद्यालयलाई ३५  हजार डलर जरिवाना गरिएको छ । 
समलिङ्गी व्यवहारका कारण विद्यालय परित्याग गर्नुपरेपछि उनका सम्बन्धमा अमेरिकामा चासो बढेको थियो । समलिङ्गी व्यवहारप्रति भएको दुव्यर् वहारलाई निरुत्साहित गर्न ह्वाइट हाउसले म्याकमिलनलाई विशेष निमन्त्रणा गरेर न्युयोर्कमा भएको समलिङ्गी प्रदर्शनमा विशेष अतिथिका रूपमा  प्रस्तुत गरेको थियो ।
 
0 comments:
Post a Comment